१५ कार्तिक, काठमाडौं ।
काठमाडौं महानगरपालिका–२६ मित्रनगर बुद्धमार्गबाट अवैध रुपमा ल्याएको सुनसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेका रुपन्देहीको सैनामैना नगरपालिका–६ घर भई हाल मित्रनगरस्थित होटल परेली डिलक्समा बस्ने ३५ वर्षीय वसन्त लम्साल रहेको प्हरीले जनाएको छ।
३ सय ग्राम तौलको ६ थान सुनजस्तो देखिने पहेलो धातुका बालासहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले बुद्धमार्गस्थित सडकमा जाँच गर्नेक्रममा उनको साथबाट उक्त धातु फेला पारी पक्राउ गरेको हो।
उनलाई उक्त धातुसहित आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ।