ओलीसँग कुरा मिलेपछि प्रभु साहको पहिलो सम्बोधन

१५ कार्तिक, चितवन ।

Advertisement

नेकपा माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रभु साहले अध्यक्ष केपी ओलीसँग कुरा मिलेपछि सोमबार पहिलो पटक पार्टी कार्यक्रममा सम्बोधन गरेका छन् ।

माओवादी परित्याग गरेर आए पनि उचित व्यवस्थापन गर्न नसकेको भन्दै साह अध्यक्ष ओलीसँग असन्तुष्ट थिए । गत विधान महाधिवेशनमा समेत सहभागी नभएका साह हालै अध्यक्ष ओलीसँगको छलफलपछि कार्यक्रममा देखिएका हुन् ।

Advertisement

सोमबार चितवनको भरतपुरमा आयोजित भरतपुर महानगरको प्रथम अधिवेशनलाई साहले सम्बोधन गरेका हुन् । अध्यक्ष ओलीसहित सहभागी सो कार्यक्रममा सम्बोधन गरेर एमालेभित्र देखिएको असन्तुष्टि समाधान भएको सन्देश दिएका छन् ।

साहनिकट दुई नेतालाई अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top