×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चितवन कब्जा गर्ने ओलीको उद्घोष

१५ कार्तिक २०७८

१५ कार्तिक, चितवन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नगरे पनि आगामी चुनावमा चितवन कब्जा गर्न सकिने बताएका छन् ।

Advertisement
Advertisement

एमालेले महाधिवेशन गरेर माओवादीलाई घेराबन्दी गर्न खोजेको अध्यक्ष प्रचण्ड र भरतपुरकी मेयर रेणु दाहालको गुनासोको प्रतिउत्तरमा ओलीले महाधिवेशन नगरे पनि एमालेले जित्ने दाबी गरे । चितवन कसैको बाउको बिर्ता नभएको ओलीको भनाइ थियो ।

‘चितवनको महाधिवेशन गर्ने भन्या के थियौं । मानिलिउ यो जिल्ला नै मेरो जस्तो गर्छन् बा । चितवनमा महाधिवेशन गर्ने कौन्सा ठूलो कुरा भयो । हामीले पहिले बुटबलमा महाधिवेशन ग¥यौ । नेपालगंजमा ग¥यौ । जनकपुरमा ग¥यौं । किन छटपटि ?’ उनले प्रश्न गरे, ‘महाधिवेशन गरेरमात्रै हामीले यो जिल्ला कब्जा गर्ने होइन, जित्ने होइन ।

महाधिवेशन नगरे पनि जित्छौं, महाधिवेशन गरे पनि जित्छौं । हामीले यहाँ महाधिवेशन गर्दा किन टाउको दुखाई ? महाधिवेशन नगरे आफू जित्नेजस्तो पो गर्छन् ।’

अध्यक्ष ओलीले अब चितवन सूर्यमय हुने दाबी पनि गरे । ‘जनताले एकपटक धोका पाए । म त धोका पाएर दुईतीन पटक भोट माग्न आएँ । अब जनता लाटा छैनन् झण्डै दुई तिहाई पुगेको कम्युनिस्ट पार्टी ध्वस्त पार्ने, को को हुन् चिन्या छैनन् ? अब जनताले चुनावमा भोट हाल्दा हात उनीहरुतिर जान थाल्यो भने पनि कार्यकर्ताले नै यस्सो वरतिर सूर्यमा हाल्छन् । अब त्यो जमाना रहेन । अब सूर्यको जमाना आयो,’ उनले भने ।

Advertisement

एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुरमा मतपत्र च्यातेर छोरी जिताइएको, अदालतमा सेटिङ गरेर परमादेश जारी भएको कुराहरु भण्डाफोर भएकाले जनताले अरुलाई विश्वास नगर्ने तर्क गरे ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top