×

NEPAL TIMES UPDATES

Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026

केन्द्रदेखि प्रदेशसम्मै एमाले अब प्रतिपक्षी

१६ कार्तिक २०७८

१६ कार्तिक, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सबै सरकार गुमाएको छ । प्रदेश १ मा रहेको प्रदेश सरकार सोमबार गुमाएसँगै सबैभन्दा ठूलो दल एमाले केन्द्रदेखि प्रदेशसम्म सत्तापक्षबाट अब प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको छ ।

Advertisement
Advertisement

एमाले सचिवसमेत रहेका भीम आचार्यले प्रदेश १ को मुख्यमन्त्री पदबाट सोमबार राजीनामा दिएका छन् ।

विश्वासको मत लिनुभन्दा अघि प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका थिए । त्यसपछि उनले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए । १० भदौमा आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमाले नेता शेरधन राई प्रदेश १ को मुख्यमन्त्री रहेका बेला उनलाई राजीनामा गराई आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय एमालेले गरेको थियो ।

प्रदेश १ मा एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दै छन् । पाँच दलीय गठबन्धनबाट उनी मुख्यमन्त्री बन्न लागेका हुन् ।

गत बुधबार एमाले उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएका थिइन् । २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी शाक्य अघि बाग्मती प्रदेशमा एमाले नेता डोरमणि पौडेल मुख्यमन्त्री थिए ।

पार्टी विभाजनको बेला पौडेललाई राजीनामा गराएर शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको थियो । बाग्मती प्रदेशमा पनि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे पाँच दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री भइसकेका छन् ।

यसअघि लुम्बिनी र गण्डकी प्रदेशमा रहेको एमाले नेतृत्वको सरकार ढलिसकेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपश्चात् लुम्बिनी र गण्डकीमा एमालेले सरकार गुमाएको हो । एमालेको स्पष्ट बहुमत रहेको प्रदेश १ र बाग्मती प्रदेशमा पार्टी विभाजनपश्चात् एमालेले सरकार गुमाउनुप¥यो ।

२०७४ सालको आमनिर्वाचनमा प्रदेश १ र बाग्मती दुवैमा एमालेले एकल बहुमत प्राप्त गरेको थियो । तर ९ भदौमा एमाले औपचारिक रूपमा विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि दुवै प्रदेशमा बहुमत गुमाएको हो ।

२०७४ सालको आमनिर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धनले संघीय प्रतिनिधिसभामा करिब दुई तिहाइ र सातमध्ये ६ वटा प्रदेशमा स्पष्ट बहुमत प्राप्त गरेको थियो । चुनावपछि कर्णाली र सुदूरपश्चिम दुई प्रदेशको नेतृत्व माओवादी केन्द्रको भागमा परेको थियो ।

चुनावी गठबन्धन सुरु गर्दा एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा एकता भएको थियो । तर, सर्वोच्च अदालतको फैसलासँगै नेकपा विभाजित भयो । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संघीय सरकारसमेत पार्टीले गुमायो ।

एमाले सचिव पृथ्वीसुब्बा गुरुङले सबै सरकारबाट पार्टी बाहिरिनु पार्टीका लागि पाठ भएको बताए । पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउँदै अगामी चुनावको तयारीमा एमाले लागेको उनले बताए । अगामी चुनावबाट एमाले एकल बहुमतसहित संघ र प्रदेशहरूको सरकारको नेतृत्व गर्ने दाबी उनले गरे ।

गण्डकीमा गुरुङ मुख्यमन्त्री थिए भने एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री थिए । केन्द्रदेखि प्रदेशसम्म एमालेको सरकार मात्रै नभएर ओलीनिकटका विश्वाशिला पात्र मुख्यमन्त्री थिए । तर, ओलीले पार्टीभित्रको एकता मजबुत बनाउन नसकेका कारण एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा आउनुपरेको एमालेका नेताहरू बताउँछन् ।

अध्यक्ष ओली झन्डै दुई तिहाइ बहुमतसहित संघीय सरकारको नेतृत्व गरिरहेको तर एमाले अहिले उनकै कारण सडकमा पुगेको तेस्रो धारका एक नेताले बताए । सत्ताबाट अहिले एमाले सडकसम्म पुग्नुमा एमाले अध्यक्ष ओलीको दम्भ र घमण्ड नै प्रमुख कारण रहेको तेस्रो धारका ती नेताले बताए ।

‘नेकपा हुँदा संघीय सरकारका साथै सातमध्ये ६ वटा प्रदेश सरकार नेकपाको थियो । नेकपाको अध्यक्षको नाताले संघीय सरकारदेखि प्रदेश सरकारसम्म ओलीको हालीमुहाली राम्रै थियो ।

चारवटा प्रदेशमा ओलीका एसम्यान नै मुख्यमन्त्री थिए । दुईवटा प्रदेशमा एसम्यान मुख्यमन्त्री नभए पनि ओलीको निर्देशन लागू हुन्थ्यो । अध्यक्षको दम्भ र घमण्डले अहिले उनी मात्र नभई एमाले नै सडकमा पुग्यो’ एमाले तेस्रो धारका ती नेताले भने ।

ओलीले संघीय र प्रदेश सरकार मात्रै गुमाएको छैन । ओली सरकारले नियुक्त गरेका विभिन्न देशका राजदूत फिर्ता भइसकेका छन् । ओली सरकारको समयमा संवैधानिक परिषद्को बैठकद्वारा विभिन्न ठाउँमा नियुक्ति पाएकाहरूको नियुक्तिसमेत खारेज हुने भएको छ ।

एमाले नेता कर्ण थापाले कम्युनिस्ट भन्न मन पराउने तर, कम्युनिस्ट नेतृत्वको सरकार मन नपराउने नेताहरूका कारण अहिले देश र जनताको अवस्था गम्भीर अवस्थामा पुगेको बताउँछन् । अगामी निर्वाचनबाट एमालेको एकल बहुमत आउने दाबी गर्दै उनले देश परमादेशबाट नभई जनादेशबाट अगाडि बढने बताए ।

Advertisement

यो समाचार राजधानीदैनीकमा छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top