तिहारः रसुवागढी नाकाबाट ५० भेँडा-च्याङग्रा नेपाल भित्रिए

१५ कात्तिक ७८, मंगलबार

१६ कार्तिक, रसुवा ।

Advertisement

चीनसँगको व्यापारिक नाका रसुवागढीबाट भेँडा–च्याङग्रा नेपाल भित्र्याइएको छ ।

शनिबार चीनबाट ५० वटा भेँडा च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले बताए । तिहार नजिकिँदै जाँदा बजारमा मासुको माग बढेको छ ।

Advertisement

‘सय भन्दा बढी भेँडा–च्याङ्ग्राको माग गरिए पनि थोरै संख्यामा आपूर्ति भएको छ,’ उनले भने ।

विगतभन्दा यो वर्ष भेँडा च्याङ्ग्राको भाउ महँगो रहेको न्यौपानेले बताए । एउटै भेँडा च्याङ्ग्रामा ३ हजारदेखि ३ हजार ५ सयसम्म महँगो परेको उनले बताए । नेपाल भित्रिएका भेँडा–च्याङ्ग्राको मूल्य ३२ हजारसम्म परेको छ ।

Advertisement

दसैँमा १ सय ७० भेँडा–च्याङग्रा रसुवागढी नाका हुँदै नेपाल ल्याइएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top