कोटेश्वर–जडिबुटी सडक माघसम्ममा पूरा हुने

१५ कात्तिक ७८, मंगलबार

१६ कार्तिक, काठमाडौं ।

अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर–जडिबुटी खण्डको दायाँ बायाँ दुवैतर्फ सडक विस्तार कार्य ७० प्रतिशत पूरा भएको छ ।

कोटेश्वरमा हुने सवारी चापलाई कम गर्न सरकारले कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम थालेकोमा ७० प्रतिशत पूरा भएको हो ।

आगामी माघसम्ममा सो खण्डको काम पूरा गर्ने गरी काम भइरहेको सडक विभागले जनाएको छ । सडक विस्तार कार्य सम्पन्न भएपछि घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने त्यहाँ प्रवेश गर्ने सवारीको संख्या पनि ४० प्रतिशतभन्दा धेरै कटौती गर्ने योजना रहेको छ । सो सडक खण्डमा दक्षिणतिर ३ लेन र उत्तरतिर १ लेन थप गर्दै सडक फराकिलो बनाउने योजना अनुरुप काम भइरहेको छ ।

नयाँ सडक विस्तार अनुसार पेप्सीकोलातर्फ १ लेन र काठमाठौं कोटेश्वरबाट जडिबुटी जाँदा १ लेन तथा जडिबुटीबाट कोटेश्वरतर्फ भने ३ लेन विस्तार हुँदैछ ।

सो विस्तारित सडक खण्डको सव बेसको काम पूरा भएर रेलिङ, ढलको काम पूरा भएको र अब बेसको काम पूरा गरी पीचको गरिने सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर सुप्रिम चुडालले जानकारी दिए ।

उनले भने, “निर्माण कम्पनीलाई माघसम्मको समय कालोपत्रे गरी निर्माण सम्पन्न गर्नुपर्ने समय सीमा रहेको छ । सो समयसम्म सडक खण्डको काम पूरा हुनेछ ।”

यो समाचार आजको कारोबार दैनिकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top