स्वास्थ्यमन्त्री खतिवडा र भारतीय राजदुत क्वात्राबीच भेट

१५ कात्तिक ७८, मंगलबार

१६ कात्तिक, काठमाडौं।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका छन्। साेमबार मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धको महत्वपूर्ण पाटोका रुपमा स्वास्थ्य क्षेत्रको सहकार्य थप अगाडि बढाउनुपर्ने बताए।

उनले कोभिड–१९ को महामारीको विषम परिस्थितिमा पनि भारतबाट नेपालमा औषधि, अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको निरन्तर रुपमा आपूर्ति हुनु अत्यन्तै सराहनीय रहेको बताए। “सबै लक्षित जनसङ्ख्यालाई यथाशक्य चाँडो कोभिड–१९ विरुद्धको खोप लगाई सक्ने लक्ष्यअनुरुप नेपालले कार्य गरिरहँदा भारत सरकारबाट प्राप्त सहयोग र सहकार्य अन्यन्तै महत्वपूर्ण छ”, उनले भने।

Advertisement

मन्त्री खतिवडाले नेपालमा मिर्गाैलाका बिरामीहरु बढ्दै गइरहेको भन्दै करिब २०० वटा डाइलाइसिस मेसिन उपलब्ध गराई दिनसमेत अनुरोध गरे। भारत सरकारले नेपाललाई उपलब्ध गराउने एम्बुलेन्स सहायता पनि सहकार्यको एउटा अभिन्न अङ्गका रुपमा रहेको भन्दै मन्त्री खतिवडाले प्रशंसा गरे।

भारतले नेपाल र भारत दुई देशले प्रदान गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपसी मान्यता दिने गरी ल्याएको प्रस्तावको विषयमा परराष्ट्र मन्त्रालयको सुझावबमोजिम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा गृह मन्त्रालयको राय सहमति आएपश्चात् मात्र प्रक्रिया अगाडि बढ्ने विचारसमेत मन्त्रीले राखे। रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top