विद्युतीय गाडीमात्र किन्न ऊर्जामन्त्री भुषालको आग्रह

१६ कात्तिक, काठमाडौँ ।

Advertisement

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले नयाँ गाडी किन्ने नेपालीहरूलाई विद्युतीय गाडीमात्र किन्न आग्रह गरेकी छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रजत महोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री भुषालले नेपालमा बढ्दो पेट्रोलियम पदार्थको खपतलाई घटाउन सरकारले विद्युतीय गाडी आयातमा लगाएको भन्सार राजस्वमा छूट दिएको अझै पनि घटाउने सम्बन्धमा छलफल भइरहेको उल्लेख गरिन् ।

Advertisement

मन्त्री भुषालले सबै खाले ऊर्जा खपत हुने ठाउँमा जलविद्युत खपत होस भन्ने सरकारको मान्यता रहेको उल्लेख गर्दै हाल देशमा माग भए जति विद्युत् दिन सकिने अवस्थामा पुगेको बताइन् ।

मन्त्री भुषालले विद्युतको खपत बढाउन महसुल घटाउनुका साथै २० युनिटसम्म खपत गर्नेलाई छुट दिएको बताइन् । उनले विद्युत् सस्तो बनाएर नेपालीको भान्साबाट एलपिजि ग्यास हटाउने अभियानमा सरकार जुटेको समेत उल्लेख गरिन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top