घुस लिन अस्वीकार गर्ने ३३ ट्राफिक प्रहरीलाई सम्मान

१५ कात्तिक ७८, मंगलबार

१६ कात्तिक, काठमाडौँ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरी सम्मानित भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले ३३ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमका बीच पुरस्कृत एवं खादा ओढाएर सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमध्ये २० जना ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा गनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरेको महाशाखाले जनाएको छ ।

यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने, अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने बिश्वास लिएको एसएसपी भट्टराईले बताए ।

प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न विगतदेखि नै महाशाखाले उक्त अभियान चलाउँदै आएको छ। प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुनअनुसार मुद्दा चलाइएको भट्टराईले जानकारी दिए ।

एसएसपी भट्टराईका अनुसार पुरस्कृत हुने ट्राफिक प्रहरीले प्रलोभनमा पार्न खोज्ने ३२ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएका छन् ।

एसएसपी भट्टराईले प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शुद्धिकरणको अभियानलाई थप उचाईमा पुर्‍याउन बफादार एव निष्ठावाट भइ आफ्नो जिम्मेवारी निर्बाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप शसक्त भई कर्तव्य पालनामा अग्रसर हुन शुभकामना सहित निर्देशन समेत दिए ।

नगद पुरस्कारसहित सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकृष्ण देवकोटा, प्रहरी नायब निरीक्षक (सई) पुरुषोत्तम ढकाल, प्रहरी सहायक निरिक्षक (असई)हरू रामेश्वर उप्रेती, अमर बहादुर लुहार र कमलदेव यादव रहेका छन् ।

त्यस्तै, प्रहरी हवल्दारहरू प्रविण कान्त झा, अशोक कुमार दवल, मुकेश प्रसाद कुसवाह, एक्क बहादुर रोकाया गोविन्द सिंह सिख, शिव नारायण चौधरी, द्रोण प्रसाद पाण्डे र शम्भु नारायण प्रसाद यादव रहेका छन् ।

साथै, प्रहरी जवानहरु रमेश गिरी, राजेन्द्र चमार हरिजन, मेखराज जोशी, गणेश भारती, बिरेन्द्र सिंह भाट, नविन भाट, कृष्ण बहादुर शाही, आकाश खनाल, नन्दराज भट्ट, सुजन श्रेष्ठ, नर बहादुर बोगटी, विनोद गिरी, गणेश ओझा, केशव बिष्ट, अभिनाश पण्डित, बिष्णु अर्याल, अजय मण्डल, विजय सिंह ऐर, युवराज कटुवाल र टेक बहादुर भण्डारी रहेका छन् ।

गत आ.ब.मा आर्थिक प्रलोभनमा पार्न खोज्ने १६६ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ११३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको थियो ।

सोही अभियानलाई थप प्रभावकारी बनाई चालु आ.व.को छ महिनामा १०९ जना चालकहरुलाई पक्राउ गर्ने ८३ जना ट्राफिक प्रहरीलाई पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top