×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तिहारमा विजुली अभाव हुन्न, मज्जाले झिलिमिली बत्ती बाल्नुस् : कुलमान घिसिङ

१६ कार्तिक २०७८

१६ कात्तिक, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले यसपालिकाे तिहारमा विद्युतकाे माग धान्न कुनै समस्या नपर्ने बताएकाे छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले मागअनुसार विद्युत् दिन कुनै समस्या नरहेकाे बताएको छ ।

Advertisement
Advertisement

प्राधिकरणले आगामी कात्तिक १८ गते परेको लक्ष्मी पूजाका दिनमा १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौमा प्रणालीमा १६ सय २० मेगावाटसम्म माग आएको भन्दै तिहारमा प्रणालीमा आउने माग धान्न कुनै समस्या नपर्ने बताए ।

घिसिङले भने, ‘अहिले पनि हाम्रो आन्तरिक उत्पादन दिनमा २ सय मेगावाट र रातिमा ५ सय मेगावाटसम्म मागभन्दा बढी छ । त्यसैकारण जति विद्युतको माग आएपनि हामी तिहारमा उपभोक्तालाई बिजुली दिन्छौं ।’

उनले ग्राहकलाई ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘बाहिर प्राधिकरणले सो दिनमा मागअनुसार बिजुली आपूर्ति गर्न सक्दैन कि भन्ने आंशका छन्। तर, हामी जति माग आएपनि त्यसको व्यवस्थापनका लागि सक्षम छौं ।’

Advertisement

घिसिङले २०७३ सालको लक्ष्मी पूजाकै दिनमा काठमाडौंमा लोडसेडिङ हटाउने योजनाको परीक्षण गरेका थिए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top