प्रदेश १ का मुख्यमन्त्री राईले लिए शपथ

१६ कात्तिक, विराटनगर ।

Advertisement

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनलाई पद तथा गोपनीयताको सपथ गराए ।

नेकपा (एकीकृत समाजवादी) का नेता राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ (२) अनुसार मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

Advertisement

यस्तै, मुख्यमन्त्री राईले ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् । उनले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । कांग्रेसका सांसद हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसकै केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जसपा संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्रीकाे जिम्मेवारी दिइएकाे छ ।

नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top