×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

४ वर्षपछि विजयी वडाध्यक्ष रायले गरे पदभार ग्रहण

१६ कार्तिक २०७८

१६ कात्तिक, महोत्तरी ।

महोत्तरी मनरासिस्वा नगरपालिकामा २०७४ मा भएको स्थानीय तह निर्वाचनको वडाध्यक्ष पदमा विजयी उम्मेदवारले पदभार ग्रहण गरेका छन् । अदालतको आदेशपछि भएको पुनः मतगणनामा विजयी भएका महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१० का अध्यक्ष रामेशकुमार रायले पदभार ग्रहण गरेका हुन्।

Advertisement
Advertisement

आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा महोत्तरी मनरासिस्वा नगरपालिकामा २०७४ मा भएको स्थानीय तह निर्वाचनको वडाध्यक्षमा पदमा पराजित स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पराजित उम्मेदवार विजयी भएका थिए । स्वतन्त्र उम्मेदवार रमेश राय २ भोटले विजयी भएका थिए ।

मनरा स्थित नगरपालिकाको कार्यालयमा आयोजित एक समारोहमा मेयर सञ्जयकुमार सिंहले वडाध्यक्ष रायलाई पदभार ग्रहण गराएका हुन्। पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष रायले ढिलै भए पनि सत्यको विजय भएको छ, न्यायालयले जनताको मतको सम्मान गरेको भन्दै खुशी व्यक्त गरे ।

 २०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनमा दुवै जनाले बराबर २६७÷२६७ मत ल्याएका थिए । त्यस बेला गोलाप्रथा गर्दा नेपाली काँग्रेसका उम्मेदवार अरुणकुमार चौधरी विजयी भएका थिए ।

Advertisement

त्यसपछि वडाध्यक्षमा पराजित रमेश राय मतगणनामा धाँधली भएको भन्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए। सर्वोच्चको आदेश अनुसार पुनः गणना हुँदा पहिला भएको गणना भन्दा फरक नतिजा आएको र स्वतन्त्र उम्मेदवार राय विजय भएको जिल्ला निर्वाचन कार्यालयले घोषणा गरेको थियो । पुनः गणनामा नेपाली काँग्रेसका उम्मेदवार चौधरीले २ सय ६६ र पराजित भएका रायले २ सय ६८ मत प्राप्त गरेका थिए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top