चितवनको अयोध्याधाम पुगेर ओलीले फेरि भने– राम नेपालमै जन्मेका हुन्

१६ कात्तिक, काठमाडौं।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘भगवान राम’को जन्म नेपालमै भएको दाबी दोहोर्‍याएका छन्। मंगलबार चितवनको ठोरीस्थित अयोध्याधाममा भएको कार्यक्रममा बोल्ने क्रममा ओलीले यस्तो दाबी दोहोर्‍याएका हुन्।

उनले भने, ‘आज भन्दा चार हजार वर्ष अगाडि रामको जन्म भएको थियो। रामको जन्म यही अयोध्यापुरीमा भएको थियो ।’ अयोध्यापुरीबाट देवघाट र वाल्मिकी आश्रम नजिकै रहेको उनले बताए।

Advertisement

उनले चितवनलाई कुरुक्षेत्र नभइ धार्मिक क्षेत्र बनाउने बताएका छन् । केही दिनअघि चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन आगामी चुनावमा कुरुक्षेत्र बन्ने बताएका थिए ।

त्यसकाे जवाफस्वरुप ओलीले भने, ‘कुरुक्षेत्र किन बनाउने ? प्रचण्डले पहिलेकै बैस सम्झेर कुरुक्षेत्र बनाउने भनेका होलान् । अब कुरुक्षेत्र होइन, यहाँ धर्मक्षेत्र हुन्छ । विकास, शान्ति र एकताको क्षेत्र हुन्छ ।’

Advertisement

ओलीले जसले युद्ध चाहन्छ त्यसले हार्ने बताए । ‘कुरुक्षेत्रै बनाउन खोजेको हो भने म भन्न चाहन्छु, कौरवहरूले जितेका थिएनन्, पाण्डवहरूले जितेका थिए। जसले युद्ध खोज्छ उसले हार्छ,’ उनले भने।

ओलीले आफूलाई विकाससँग चासो भएको बताए । उनले भने,‘कसैले भन्लान् राजनीति गर्ने मान्छे, भौतिकवादी, मार्क्सवाद मान्ने मान्छे।इतिहासको कुरा छ । इतिहास पहिल्याउने कुरा छ । हामीले यथार्थ इतिहास उत्खनन् गरेका छौं । यो कसैको विरुद्ध होइन, सत्य पहिल्याउने मात्रै हो ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top