×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

बैङ्क तथा वित्तीय संस्थाको पहुँच सबभन्दा बढी बागमती प्रदेशमा

१७ कार्तिक २०७८

१७ कार्तिक, काठमाडौं ।

बैङ्क तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालनका दृष्टिले अन्य प्रदेशका तुलनामा बागमती प्रदेशमा बढी केन्द्रित रहेको एक अध्ययनले देखाएको छ ।

Advertisement
Advertisement

नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बागमती प्रदेशमा अधिक देखिएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यून देखिएको हो ।

राष्ट्र बैङ्कले गरेको ‘नेपालको सङ्घीय संरचनाअन्तर्गत वित्तीय क्षेत्रको स्रोत परिचालन’ विषयक अध्ययन प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा बैङ्क तथा वित्तीय संस्थाको कुल शाखा सङ्ख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत) बागमती प्रदेशमा र सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ ।

बैङ्क तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत बागमती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको छ ।

अध्ययनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ भने बैङ्क तथा वित्तीय संस्था पनि बागमती प्रदेश केन्द्रित रहेको छ ।

अध्ययन प्रतिवेदनले प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहुँच, निक्षेप परिचालन र कर्जा प्रवाहको स्थिति विश्लेषण गर्नुुका साथै गरिब, विपन्न, बेरोजगार र महिलालगायतले सञ्चालन गरेका व्यवसाय प्रवद्र्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनर्कर्जा सुविधाको समेत प्रदेशगत विश्लेषण गरिएको छ ।

Advertisement

वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्किङ वित्तीय संस्था र सहकारी संस्थासमेत समेटिने भए तापनि अध्ययन वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको छ ।

भर्खरको समाचार

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

सम्बन्धित खबरहरु

Scroll to Top