कोप २६ मा सहभागी नभएको भन्दै बाइडनले गरे चिनियाँ र रुसी राष्ट्रपतिको आलोचना

१६ कात्तिक ७८, बुधबार

१७ कार्तिक, एजेन्सी ।

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) मा सहभागी नभएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनले चीन र रुसका राष्ट्रपतिको आलोचना गरेका छन्।

कोप २६ मा अनुपस्थित भएको भन्दै बाइडनले चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका हुन्।

मंगलबार राति आफ्नो भाषणमा बाइडेनले जलवायु परिवर्तन एक महत्वपूर्ण मुद्दा भएपनि चीन र रुस सम्मेलनमा सहभागी नभएको र यो मुद्दाबाट टाढिएको टिप्पणी गरे।

बाइडनले कोप २६ मा अनुपस्थित भएर चिनियाँ राष्ट्रपति सीले ’ठूलो गल्ती’ गरेको पनि टिप्पणी गरे। ’वास्तविकता यो हो कि चीन जो स्पष्ट रुपमा विश्वको लिडरका रुपमा आफ्नो एक नयाँ भूमिकामा जोड दिने कोसिस गरिरहेको छ– उ देखिएन।’

पुटिनको बारेमा टिप्पणी गर्दै बाइडनले रुसी जंगलमा लागेको आगोबारे ’राष्ट्रपति चुप लागेको’ बताए।

कोप २६ सम्मेलनमा चीन र रुसका राष्ट्रपति सहभागी नभए पनि ती देशले आफ्ना प्रतिनिधि पठाएका छन्। कोप २६ सम्मेलनमा १२० भन्दा बढी मुलुकका नेताहरु सहभागी छन्।

नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली सम्मेलनमा सहभागी छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top