बुर्किना फासोमा बन्दुकधारीको आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु

१७ कात्तिक ७८, बुधबार
Share this
748shares

१७ कात्तिक, एजेन्सी ।

Advertisement

बुर्किना फासोको डम्बम गाउँमा सोमबार बन्दुकधारीहरूले कम्तीमा १० सर्वसाधारणको हत्या गर्नुका साथै अन्य चार जनालाई अपहरण गरेको आधिकारिक समाचार एजेन्सी एआईबीले मंगलबार जनाएको छ।

एआईबीले जनायअनुसार अज्ञात बन्दुकधारीहरूले सोमबार बिहान नाइजरसँगको सिमानाबाट करिब १६ किलोमिटर टाढा डाम्बम मार्कोये कम्युनको बासिन्दालाइ आक्रमणको निशाना बनाएका थिए। एआईबीले बुर्किना फासोको सशस्त्र सेनाले यस क्षेत्रमा द्रुत कारबाही शुरु गरेको बताइएको छ ।

Advertisement

डम्बमका बासिन्दाहरू प्रत्येक सोमबार पैदल, ट्राइसाइकल वा गाडामा गाईवस्तु बेच्न मार्कोये बजार जाने गर्छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top