कला प्रदर्शन गर्दै शान्ति सेनामा जाने सैनिक कुकुर (फाेटाे फिचर)

१७ कात्तिक, काठमाडौँ ।

Advertisement

यमपञ्चकको दोस्रो दिन आज इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूल ढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

Advertisement

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ ।

Advertisement

कात्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने बिहीबार बिहान मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज बिहान ७ :१४ बजेसम्म मात्र त्रयोदशी तिथि र त्यसपछि चतुर्दशी लागेको हो ।

यसै अवसर पारेर १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको सैनिक डगको पूजा गरेको छ। नेपाली सेनाले भैरव बहान गुल्ममा सैनिक कुकुर तथा कला प्रदर्शनी गरेको छ।

नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पुरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विष्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षा गार्डमा कुकुरको प्रयोग गर्दै आएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा तत्कालीन द्वन्द्वरत मुलुक लाइबेरियामा तैनाथ नेपाली शान्ति सैनिकले पहिलो पटक मिसनमा २०५९ सालमा सान र गामिनी नामक दुई कुकुर समावेस गरेको थियो।

लाइबेरीया र लिवियामा खटिएका शान्ति सैनिकको सहयोगका लागि नेपालबाट हालसम्म १३ कुकुर लगि सकिएको छ। नेपाली शान्ति सैनिकलाई लिबियामा शान्ति स्थापनार्थ अहिले रेक्स, किलो, बुजो र टोनी नाम गरेका कुकुरले सहयोग पुर्‍याउँदै आएका छन्।

त्यहाँ खास गरी हातहतियार र विष्फोटक पदार्थ बरामद, खोजीतथा उद्धार एवं कार्यक्षेत्रको सुरक्षा अर्थात् सुरक्षा गार्डमा कुकुर समावेश गरिएको छ। पछिल्लो पटक लिवियामा गत असोज १४ गते किलो नामक कुकुर पठाइएको छ भने लिवियाबाट फिर्ता भएको माईकल नामक कुकुरलाई सेनाले भैरव वाहन गुल्ममा राखिएको सेनाले जनाएकाे छ।

गट्ठाघरस्थित भैरव वहान गुल्मको केनलमा हाल जर्मन सेफेर्ड २३, ल्याब्रोडोर ५५, ककर स्पाइनल ७, गोल्डेन रिट्रिभर २ र मालिनोइज १ बच्चा कुकुर छन्। एउटा कुकुरका लागि तालिम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि प्रतिदिन ३७३ रूपैयाँ खर्च लाग्ने बताइएको छ। शान्ति सेनामा सुरक्षा गार्ड र गस्तीमा खटिने प्रतिजोडाले ८९०.०४ र खोज तथा उद्दारमा खटिने जोडी कुकुरलाई प्रतिमहिना ९९५.७२ अमेरिकी डलर भत्ता हुन्छ ।

सेनाले उमेर र कामगर्ने क्षमताका आधारमा छनोट गरी शान्ति मिसनमा कुकुर पठाउने गरेको छ । सामान्यतया एउटा स्वस्थ्य कुकुरले आठ वर्षको उमेरसम्म पूर्ण रूपमा काम गर्ने जनाइन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top