माधव नेपालको पार्टी अवैध हो, महाधिवेशनमा निम्तो छैन : योगेश भट्टराई

७ कात्तिक, काठमाडौं ।

Advertisement

नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ ।

एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा एकीकृत समाजवादीलाई नबोलाउने बताएका हुन् ।

Advertisement

‘कतिपय राजनीतिक दलको पहिचान स्पष्ट छैन। अवैध तरिकाबाट बनेका पार्टी छन्। अवैधानिक सम्बन्धबाट बनेका पार्टीलाई सहभागि गराइरहनु पर्दैन। अरु राजनीतिक दलहरु सहभागी हुन्छन’ उनले भने।

उनले एकीकृत समाजवादीको पहिचान पनि नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको बताए । भट्टराईले प्रदेशबाट एमाले सरकार सबै हट्नुको कारण पनि अवैधानिक गतिविधि रहेको बताए। एमालेले यो धक्कालाई महाधिवेशनबाट जवाफ दिने उनको भनाइ थियाे। एमालेमै रहने निर्णय गर्नुअघि भट्टराई पनि एमालेका तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा थिए ।

Advertisement

एमालेले पार्टीको १०औं महाधिवेशनमा मुलुकका विभिन्न राजनीतिक दल तथा मित्रराष्ट्रहरुका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top