१७ कात्तिक, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने ४३९ जना निको भएका छन् । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ५४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ भने ७ लाख ९३ हजार २७१ जना संक्रमणमुक्त भएका छन् ।