×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

वन कार्यालय मोरङद्धारा रु दश करोड ६३ लाख राजश्व संकलन

२० श्रावण २०७५

विराटनगर, साउन २०
जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष २०७४÷७५ मा रु १० करोड ६३ लाख ३२ हजार राजश्व संकलन गरेको छ ।

गत आवमा कार्यालयले वन पैदावार (सरकारी र साझेदारी)बाट रु नौ करोड ३४ लाख २२ हजार, दाउरा बिकक्रीबाट रु १६ लाख ५७ हजार, जडीबुटीबाट रु एक लाख ९१ हजार, सामुदायिक वनबाट रु ६४ लाख ६ हजार, न्यायिक दस्तुुरबाट रु १० लाख ३३ हजार, बेरुजुु असुुलिबाट रु २८ लाख २२५ हजार र प्रशासनिक सेवाबाट रु सात लाख ९५ हजार राजश्व संकलन गरेको जिल्ला वन अधिकृत डा विनोद देवकोटाले जानकारी दिए ।

Advertisement
Advertisement

आव २०७३/७४ मा कार्यालयले रु सात करोड ५० लाख राजश्व संकलन गरेको थियो । सामुुदायिक वनबाट तीन लाख ३४ हजार, साझेदारी वनबाट एक लाख ९३ हजार, सरकारी वनबाट ४४ हजार ९९० तथा निजी वनबाट दुई लाख ११ हजार क्युुफिट काठ उत्पादन भएकोे छ । वनबाट उत्पादित काठ उपभोक्तालाई यसवर्ष पनि वन पैदावार आपूर्ति समितिमार्फत वितरण गर्ने तयारी भइरहेको छ । वन पैदावार आपूर्ति समितिले ५५० उपभोक्तालाई गतवर्ष ३४ हजार क्युुफिट काठ वितरण गरेको थियो ।

Advertisement
Advertisement

सहज रुपमा उपभोक्तालाई घर बनाउनेदेखि विकास निमार्ण तथा कृषि औजार निर्माणका लागि काठ उपलब्ध गराउँदै आएको डा देवकोटाले बताए । कार्यालयले आगलागी पीडितलाई ४३४ क्युुफिट तथा विकास निर्माण र कृषि औजारका लागि ६ हजार ६४५ क्युुफिट काठ वितरण गरेको छ घने ८५ चट्टा दाउरासमेत उपभोक्तालाई वितरण गरेको छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top