हवाई भाडा ४ सय ४० रुपैयाँसम्म बढ्यो, तिहार र छठका यात्रु मर्कामा

१७ कात्तिक ७८, बिहीबार

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आन्तरिक वायुसेवा सञ्चालक हवाई कम्पनीहरूले पनि तिहारमै हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघ नेपालले आयल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनले मूल्य बढाएको भन्दै अहिले काठमाडौंबाट सबैभन्दा लामो दूरीको विमानस्थल रुटमा प्रतियात्रु ४ सय ४० रुपैयाँसम्म हवाई भाडा बढाएका हुन् ।

वायुसेवा प्रदायक कम्पनीहरूले बुधबारदेखि नै लागू हुनेगरी, काठमाडौं–धनगढी रुटमा सबैभन्दा धेरैप्रति यात्रु अहिलेको भन्दा ४ सय ४० रुपैयाँले भाडा वृद्धि गरेका छन् । यसैगरी, काठमाडांैबाट सबैभन्दा कम काठमाडौं– सिमारा छोटो दूरीको रुटमा प्रति यात्रु ९५ रुपैयाँ भाडा वृद्धि गरेका छन् । जसका कारण तिहार र छठका हवाई यात्रु थप मर्कामा पर्ने भएका छन् ।

वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्यवृद्धि भएसँगै स्वचालित प्रणालीअनुसार हवाई कम्पनीले पनि केही भाडा बढाएको जनाएको छ । संघका अनुसार काठमाडौंबाट पर्वतीय उडानमा अब साबिकको तुलनामा प्रति यात्रु ३ सय ४५ रुपैयाँले भाडा बढेको छ ।

यसैगरी, काठमाडांैबाट झापाको भद्रपुर विमानस्थलका लागि प्रतियात्रु ३ सय रुपैयाँ, काठमाडौं–विराटनगरका लागि प्रतियात्रु २ सय ४० रुपैयाँ, काठमाडांै–जनकपुरका लागि प्रतियात्रु १ सय ३० रुपैयाँ, काठमाडांै–भरतपुरका लागि प्रतियात्रु १ सय ५ रुपैयाँ, काठमाडांै–पोखराका लागि प्रतियात्रु १ सय ५५ रुपैयाँ र काठमाडौं–भैरहवाका लागि प्रतियात्रु २ सय ५ रुपैयाँले हवाई भाडा वृद्धि भएको छ ।

त्यसैगरी, काठमाडौ–नेपालगन्जका लागि प्रतियात्रु ३ सय ३० रुपैयाँ, काठमाडांै–तुम्लिङटारका लागि प्रतियात्रु १ सय ८५ रुपैयाँ, काठमाडांै–सुर्खेतका लागि प्रतियात्रु ३ सय ४५ रुपैयाँ र काठमाडौं–राजविराजका लागि प्रतियात्रु २ सय ५ रुपैयाँ भाडा वृद्धि भएको छ ।

वृद्धि भएको नयाँ भाडादरसँगै अब पोखरा–भरतपुरका लागि प्रतियात्रु १ सय १० रुपैयाँ, पोखरा–भैरहवाका लागि प्रतियात्रु १ सय ३० रुपैयाँ, पोखरा–सिमराका लागि प्रतियात्रु २ सय २० रुपैयाँ, पोखरा–नेपालगन्जका लागि प्रतियात्रु २ सय ३५ रुपैयाँ, पोखरा–विराटनगरका लागि प्रतियात्रु ३ सय ५५ रुपैयाँ र पोखराबाट पर्वतीय उडानका लागि प्रतियात्रु ३ सय १५ रुपैयाँ बुझाउनुपर्नेहुन्छ ।

यसैगरी, विराटनगरबाट पर्वतीय उडानका लागि प्रतियात्रु ३ सय २० रुपैयाँ, विराटनगरबाट तुम्लिङटारका लागि प्रतियात्रु १ सय ५ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । त्यसैगरी, भरतपुर–भैरहवा रुटका लागि प्रतियात्रु १ सय ३५ रुपैयाँ र रामेछाप–लुक्ला रुटमा प्रतियात्रु साबिकभन्दा ७५ रुपैयाँ इन्धन सरचार्ज बढेको संघले जनाएको छ ।

बढेको इन्धन सरचार्ज तथा शुल्कलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको सो संघले जनाएको छ । संघका अनुसार सरकारले हाल हवाई इन्धनको मूल्यमा ११ दशमलव ६ प्रतिशत अथवा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो । जसका कारण वायुसेवा प्रदायक कम्पनीले पनि सोही दरमा हवाई भाडामा इन्धनको शुल्क वृद्धि गरेका हुन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top