आज उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

१७ कात्तिक ७८, बिहीबार

१८ कार्तिक, काठमाडौं ।

Advertisement

जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भूभागमा हिमपातको सम्भावना रहेको जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १‚ गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश १ को पहाडी भूभागमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

Advertisement

आज बिहान पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रदेश १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै‚ प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ।

Advertisement

आज राति पहाडी भूभागमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top