×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कुलमानको सक्रियतामा ३६ घण्टापछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति सुरु

१८ कार्तिक २०७८

१८ कार्तिक, चितवन ।

भरतपुर महानगरपालिकाको अधिकांश स्थानमा अवरुद्ध भएको विद्युत आपूर्ति ३६ घण्टापछि सूचारु भएको छ । मंगलबार दिउँसो १ बजेदेखि अवरुद्ध भएको विद्युत आपूर्ति बिहीबार बिहान १ बजेदेखि सूचारु भएको हो ।

Advertisement
Advertisement

भोजाडस्थित १३२÷११ भरतपुर सवस्टेशनको ३० एमभिएका दुइटै पावर ट्रान्सफर्मर जलेपछि भरतपुर महानगरपालिका–१ देखि ५, ७ देखि १२, २९ र देवघाट क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको हो ।

विद्युत आपूर्ति अवरुद्ध भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सवस्टेशनको स्थलगत निरीक्षण गरी जतिसक्दो काम चाँडो गर्न निर्देशन दिएका थिए ।

विद्युत आपूर्ति बन्द भएपछि ५५ हजारभन्दा बढी सेवाग्राही प्रभावित भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले बताए । भरतपुर सवस्टेशन ग्रिड महाशाखा हेटौंडा अन्तर्गत पर्छ । तत्कालका लागि महाशाखाले २२ एमभिएको ट्रान्सफर्मर जडान गरेर विद्युत आपूर्ति सहज बनाएको हो ।

बुधबार दिउँसो २ बजेदेखि उक्त ट्रान्सफर्मरमा तेल भरेर फिल्टर गर्न थालिएकोमा बिहीबार बिहान १ बजेबाट मात्रै विद्युत आपूर्ति सूचारु भएको हो ।

पोखराबाट अर्काे २२ एमभिएको ट्रान्सफर्मर पनि ल्याइँदै गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । घिसिङले बुधबार राति पनि सवस्टेशनमा पुगेर निरीक्षण गरेका थिए ।

‘बिहीबार बिहानबाट त्यो जडानको काम सुरु हुन्छ’, उनले भने । लक्ष्मी पूजामा भरतपुरबासीलाई उज्यालोमा राख्ने गरि काम भइरहेको उनले बताए ।

‘हाललाई एउटा मात्रै ट्रान्सफर्मर चार्ज गर्दा उद्योग बाहेकलाई पुग्छ । बिहीबार अर्काे २२ एमभिएको ट्रान्सफर्मर जडान भइसकेपछि भरतपुरको सबै क्षेत्रलाई बिजुली पुग्छ,’ उनले भने ।

भरतपुरमा पछिल्लो पटक छिनछिनमै लाइन जाने समस्याले स्थानीयहरु हैरान भएका छन् । बुधबार अस्पताल लगायतका अत्यावश्यक स्थानमा छिमेकी सवस्टेशन पर्सा, चनौली र मुकुन्दपुरबाट ल्याएर वितरण गरिएको हो ।

देवनगरमा निर्माणाधीन अवस्थामा रहेको सवस्टेशन चार्ज हुन थालेपछि भरतपुरमा विद्युत आपूर्तिमा सहज हुने घिसिङले बताए । ‘पूर्वी चितवनमा ३३ केभी लाइन बनाउन दिइएको छैन । त्यसले गर्दा पनि यस्तो समस्या आएको हो,’ उनी भन्छन्, ‘त्यो लाइन भएको भए, त्यहाँबाट पनि हामीले बिजुली दिन सक्थ्यौं ।’

Advertisement

भरतपुरलाई भरपर्दाे रुपमा बिजुली दिनका लागि यहाँ सवस्टेशन थप्न लागिएको उनले बताए । ‘फिडर थप्ने, तार भूमिगत गर्ने काम हुँदै छ । यो सबै भरपर्दाे विद्युत आपूर्तिका लागि हो’, उनले भने, ‘अहिले यहाँ धेरै समस्या आएको कुरा मैले पनि सुनेको छु । केही ठाउँमा सडक विस्तारका क्रममा पनि लाइन जाने गरेको रहेछ ।’ भरतपुरमा प्राविधिक समस्या नआउनेगरी विद्युत आपूर्ति दिनका लागि सोहीअनुसार काम भइरहेको उनले बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top