प्रधानमन्त्री देउवाले भने- बाइडेनले टोपीबाट चिने, जोन्सन नेपालबारे जानकार, मोदीलाई नेपाल भ्रमणको निम्ता

१८ कार्तिक, काठमाडौं ।

जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन (कोप–२६) मा सहभागी भएर प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बिहान स्वदेश फर्केका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले भ्रमण उपलब्धीमुलक रहेको बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटबारे प्रष्ट्याउँदै उनले आफूलाई बाइडेनले टोपीबाट आफैँ चिनेको बताए । ‘बाइडेनसँग विशेष रूपमा भेट भयो । म टोपी लगाएर गएको थिएँ, देखेपछि चिनिहाले । पहिले नेपाल आएका पनि रहेछन्। नेपाल खुब मनपर्छ भने ।’

बेलायती समकक्षी बोरिस जोन्सनलाई नेपालबारे जानकार पाएको उनले बताए । यस्तै, भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको उनले जानकारी दिए । प्रत्युत्तरमा मोदीले पनि प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्ता दिएका थिए ।

‘उहाँलाई मैले नेपाल भ्रमणमा आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत गर्छौं भनेँ । तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ, तपाईं धार्मिक ठाउँ जानुहुन्छ नेपालमा आउनूस् भनेँ,’ प्रधानमन्त्री देउवाले भने, ‘उहाँ आउन तयार छु भन्नुभएको छ ।’

अर्को प्रसंगमा सत्तारुढ गठबन्धन पूरै समयसम्म चल्ने बताए । आगामी चुनावसम्मै यही गठबन्धन रहने उनले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top