विश्वव्यापी इन्टरनेट कभरेज प्रदान गर्न अमेजनको लक्ष्य, अन्तरिक्षमा आफ्नै उपग्रह पठाउने

१७ कात्तिक ७८, बिहीबार

१८ कार्तिक, काठमाडौं ।

ब्लु ओरिजिनसँगको सहकार्यमा अन्तरिक्षमा दुई मानव उडान उडाएर विश्व रेकर्ड तोडेपछि अमेजनले आफ्नो पहिलो उपग्रह प्रक्षेपणको तयारी गरेको छ।

विश्वभर छिटो र किफायती इन्टरनेट कभरेज प्रदान गर्न अमेजनले एउटा नक्षत्रको अंशका रुपमा उपग्रह पठाउने तयारी गरेको हो।

प्रोजेक्ट कुइपरले सन् २०२२ को अन्त्यसम्ममा दुईवटा स्याटेलाइट प्रक्षेपण गर्ने भएको छ। कुइपरस्याट–१ र २ डब गरिएका दुई उपग्रहहरुलाई अन्तिम उपग्रह डिजाइनमा प्रयोग गरिने सञ्चार नेटवर्किङ प्रविधिको परीक्षण गर्न तल्लो–पृथ्वी कक्षमा प्रक्षेपण गरिनेछ ।

प्रक्षेपणले अमेजनलाई पूर्ण तारामण्डल ‘डिप्लोइ’ गर्दा आवश्यक पर्ने अपरेसन र मिसन व्यवस्थापन प्रक्रियालाई मान्यता दिलाउन मद्दत गर्छ।

प्रोजेक्ट कुइपरअन्तर्गत टेक्नोलोजी विभागका उपाध्यक्ष राजीव बाद्यालले भने, ‘हामीले कुइपर परियोजनाको लागत र कार्यसम्पादन लक्ष्य पूरा गर्न धेरै नयाँ प्रविधि आविष्कार गरेका छौँ। सबै प्रणाली सिमुलेटेड र ल्याब सेटिङमा राम्रोसँग तयारी गरेपछि छिट्टै तयारी अवस्थामा रहनेछौं। सबै जना तिनीहरुलाई अन्तरिक्षमा कसरी प्रदर्शन गरिन्छ भनी हेर्न आतुर छन्।’

दुई उपग्रह प्रविधि र उपप्रणालीद्वारा सुसज्जित हुनेछन्, जसले चरणबद्ध एरे र प्याराबोलिक एन्टेना, पावर तथा प्रोपल्सन प्रणाली र अनुकूलन डिजाइन मोडेमसहित उपग्रह डिजाइनको उत्पादन संस्करणलाई शक्ति दिन्छ।

कम लागतको ग्राहक टर्मिनलको प्रोटोटाइप प्रयोग गरेर प्रयोगात्मक परीक्षण सञ्चालन गरिने र त्यसले चलिआएको एन्टेनाभन्दा बढी किफायती मूल्यमा छिटो र भरपर्दो सेवा प्रदान गर्ने गरी डिजाइन तयार पारिएको अमेजनले जनाएको छ।

दुवै स्याटेलाइटलाई फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट नयाँ आरएस १ रकेट प्रयोग गरेर स्पेस सिस्टम प्रक्षेपण गरिनेछ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top