बसपार्कमा अलपत्र यात्रु, घर पुग्न सास्ती

१७ कात्तिक ७८, बिहीबार

१८ कार्तिक, दाङ ।

दाङबाट तिहारका लागि पहाडी जिल्लाहरूमा जाने यात्रुहरूलाई सास्ती हुन थालेको छ ।

तिहार सुरु भएसँगै तिहार मनाउन गाउँ जानेहरूले बसपार्कमा सास्ती पाउन सुरु भएको हो । पहाडी जिल्ला सल्यान, रुकुम, जाजरकोट, रोल्पा, प्युठान जाने यात्रुहरू बसपार्कमा अलपत्र परेका छन् ।

सहज रूपमा बसको टिकट नपाउँदा र सीमित मात्र बसहरू पहाडी जिल्लामा जाने भएकाले यात्रुहरूले पर्वको समयमा सास्ती बढेको हो । तिहार घर जानेहरूको अहिले बसपार्कमा घुइँचो बढन थालेको छ ।

तिहारको पहिलो दोस्रो दिन दाङबाट बाहिर जानेहरूको सख्या अत्यधिक रूपमा बढेको छ । दैनिक आठ÷दशवटा बस सञ्चालन हुने सल्यान रुकुम, रोल्पाका सडकमा अहिले ५०÷६०वटा बसहरू नियमित रूपमा सञ्चालन हुँदा पनि सहज रूपमा यात्रुहरूले यात्रा गर्न नपाएको गुनासो गरेका छन् ।

दाङको तुलसीपुर बसपार्कका अहिले जिल्ला छोड्नेहरूको भिड छ । दैनिक हजारौँको सख्यामा मानिसहरूले जिल्ला छोड्ने गरेको यातायाता व्यवसायीहरूले बताउँछन् । याुत्रहरूको चाप अत्यधिक छ, यातायता कर्मचारी दीपक खडकाले भने, ’हामीले टिकट दिनै नसक्ने अवस्थामा रहेको छ ।’

नियमित रुपमा पठाउनेभन्दा तीन गुणा बढी बसहरू सञ्चालन गर्दा पनि यात्रुको चाप नघटेको समितिका कर्मचारीहरुको भनाइ छ । नजिककाले त बसमा बस्न समेत नपाउने अबस्था रहेको र जिल्ला बाहिर जानेहरु बसमा उभिएर समेत जाने अवस्था रहेको उनको भनाई छ । उनले दशैको भनदा तीन गुण बढी यात्रु अहिले आएको बताए ।

बसपार्कमा गाडी नपाएर अलपत्र भएका यात्रुहरूले भने तिहारमा घर जाननै समस्या भएको बताए । दुई वर्ष देखि घर जान नपाएको यसवर्ष घर जाम भनेको बस नै नपाईने भयो तुलसीपुर बस पार्ककामा भेटिएकी कल्पना विसीले भनिन् गत वर्षसम्म कोरोना थियो, यो वर्ष बस नपाइने डर भयो ।

उनले दिनभर बसपार्कमा बस्दासमेत टिकट नपाएको र घर कसरी जाने भन्ने चिन्ता बढेको बताए । सल्यान घर जान लागेका प्रकाश अधिकारीले यात्रुको चाप धेरै हुँदा बसको टिकट नपाइको र बस पार्कमा बसिरहेको बताए । धेरै वटा बसमा टिकटका लागि प्रयास गर्दा पनि नपाइएको गुनासो गरे ।

सात महिनापछि भारतबाट सल्यान घर जान लागेका सल्यान दार्माका विकास थापाले दिन भरी बस पार्कमा बस्दा पनि घर जाने टुङगो नलागेको बताए ।

उनले भाइटीकासम्ममा जसरी पनि जान सकिन्छ की भन्ने लागको बताए । यात्रुहरूको सहजताका लागि प्रशासन कार्यालयले सहजीकरण गरिरहेको इलाका प्रशासन कार्यालय तुलसीपुरमा प्रमुख उपसचिव यज्ञबहादुर बुढाले बताए ।

उनले यात्रुको सहजता र बसको व्यवस्थापनका लागि यातायाता व्यवसायी सग छलफल गर्ने र सहज बनाउने बताए । उनले यात्रुको सहयोगका लागि जिल्लाका विभिन्न स्थानहरुका यात्रु सहायता कक्ष समेत राखेको बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top