पाला बनाउने पेसा संकटमा : बजार छ, माटो छैन

१७ कात्तिक ७८, बिहीबार

१८ कार्तिक, काठमाडौं ।

घरजस्तै देखिने सानो छाप्रो । छाप्रो पोलिएका पाला अर्थात् माटोको दियो । त्यही पालालाई साबेल र हातबाटै निकाल्दै छिन् सीतालक्ष्मी प्रजापती । उमेर चार दशक नाघेकी प्रजापतीलाई हरेक वर्षको तिहारमा पाला बनाउन भ्याइनभ्याइ हुन्छ ।

अरु समयको तुलनामा तिहारमा पालाको माग धेरै हुने भएकोले उनीसँगै उनका श्रीमान् रत्नसुन्दर प्रजापती पनि सोही काममा व्यस्त हुन्छन् । छोरा रुकेश पनि फुर्सद पाउने बित्तिकै बाआमासँगै काम गर्न पुगिहाल्छन् ।

विगतको वर्षको तुलनामा यसवर्षको तिहारमा पालाको माग धेरै भएकोले केही व्यस्त भएको प्रजापती दम्पत्ती बताउँछन् । ‘यो वर्ष पालाको माग धेरै छ ।

तर, थोरै मात्र बनाएका छौँ’, सीतालक्ष्मी प्रजापतीले भनिन्, ‘दशैँ अगाडि नै माग आउँछ । अनि पाला बनाउने काम सुरु गछौँ । तर, यो वर्ष कोरोनाभाइरसबाट थलिएकाले धेरै पाला बनाउन सकेका छैनौँ ।’

प्रजापति दम्पत्तीले पुर्ख्यौली पेसाको रूपमा माटाका भाँडा बनाउँदै आएका छन् । तिहारमा पालासँगै अरु समय अन्य भाँडा पनि बनाउने उनीहरू बताउँछन् ।

प्लाष्टिकको भाँडाको कारण अन्य माटाका भाँडाको प्रयोगमा कमी हुँदै गए पनि पालामा कुनै समस्या नभएको उनीहरू बताउँछन् ।

‘तिहारमा पाला पहिलेदेखि आजसम्म पनि अनिवार्य जस्तै हो । सबैले लक्ष्मी पूजाको लागि झ्याल, दैलो, ढोकामा पालामा तेल हालेर बत्ती बाल्ने गर्दछन्,’ उनले भनिन्, ‘अरु समय सामानको खासै अर्डर नआए पनि तिहारमा पालाको अर्डर आउने गर्दछ ।’

पछिल्लो वर्ष कोरोनाभाइरसका कारण माग धेरै नआएको, तर यसवर्ष सामान्य अवस्था रहेकाले पालाको माग धेरै आएको रत्नसुन्दर प्रजापतीले बताए । उनले विगतको वर्ष धेरै बनाउन सकेमा पनि बिक्री गर्न समस्या हुने भए पनि यसवर्ष मागअनुसार पाला बनाउन नसकेको बताए ।

बजारमा विद्युतीय बत्ती बाल्ने प्रचलन बढे पनि त्यसले पालामा कुनै असर नपरेको प्रजापतीले बताए । उनका अनुसार तिहारमा पाला बेचेरै मनग्य आम्दानी गर्न सकिन्छ ।

तर, स्थानीय सरकारले पाला वा माटाको भाँडाको उचित मूल्य निर्धारण नगरेकोले श्रमको मूल्य उठाउन समस्या रहेको उनले बताए । ‘हामीलाई १०० पालाको १३० रुपैयाँ आउँछ । तर, त्यो बजारमा पुग्दा दुईदेखि साढे दुई सयमा बिक्री हुन्छ,’ उनले थपे, ‘बजारमा गएर बेच्ने समय पनि हुन्न । त्यसैले मारमा हामी पर्छौँ ।’

पछिल्लो समय पालालगायत माटोको भाँडा बनाउन माटोको अभाव भएकाले पेसा नै संकटमा परेको उनले बताए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top