अफगान अर्थतन्त्रमा फेरि अर्को धक्का

१८ कात्तिक ७८, शुक्रबार

१९ कार्तिक, एजेन्सी ।

चरम आर्थिक संकटबाट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ । तालिवानले विदेशीबाहेक अन्य मुद्रा प्रयोग नगर्न सर्वसाधरणलाई निर्देशन दिएपछि देशको अर्थतन्त्र प्रभावित हुने भएको हो ।

तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले विदेशी मुद्रा प्रयोग नगर्न सर्वसाधरण र व्यापारीलाई आदेश दिएका थिए । ‘अबदेखि यहाँका सम्पूर्ण नागरिक, व्यापारी , पसले र सर्वसाधरणलाई अफगानी मुद्रामा नै कारोबार गर्न कडा निर्देशन दिएका छौ,’ तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले भनेका थिए ।

अफगान बजारमा अहिले पनि अमेरिकी डलर प्रयोग हुन्छ । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानसँगको व्यापारमा पनि डलरको प्रयोग हुन्छ ।

अफगानिस्तानको कूल खर्चमध्ये दुई तिहाई खर्च विदेशी अनुदानमा सञ्चालित छ । यसै वर्षको सुरुमा अन्तर्राष्ट्रिय मौद्रिक कोष (आइएमएफ) ले अफगानिस्तानको आफ्नो स्रोत साधनमा पहुँच नपुगेको जनाएको थियो । त्यस्तै, विश्व बैंकले देशमा सञ्चालित परियोजनाका लागि रकम रोक्का गरेको थियो ।

गत महिना आइएमएफले देशको अर्थतन्त्र ३० प्रतिशतले गिरावट आउने प्रक्षेपण गरेको थियो । गिरावटका कारण लाखौं मानिस गरिबीतर्फ धकेलिने र मानवीय संकट उत्पन्न हुने जनाएको थियो ।

तालिवानले अगस्टमा राजधानी काबुल कब्जा गरेपछि अन्तर्राष्ट्रिय दाता अफगानिस्तानमा आर्थिक सहयोग प्रदान गर्न हच्किएका छन् । आर्थिक संकटका कारण त्यहाँ भोकमरीको अवस्था आएको राष्ट्रसंघले बताएको छ । तालिवनले देशबाहिर रहेको ठूलो रकम ‘फ्रिज’ भएको गुनासो गर्दै आएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top