×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उपत्यकामा थपिँदै पाँच सय बढी सीसीटिभी क्यामेरा

१९ कार्तिक २०७८

१९ कार्तिक, काठमाडौं ।

काठमाडौं उपत्यकामा यस वर्ष ५ सयभन्दा बढी सीसीटिभी क्यामेरा थपिने भएको छ । समाजमा हुने अपराध अनुसन्धानमा प्रभावकारी माध्यम मानिने सीसीटिभी क्यामेराको संख्या बढ्ने भएको हो ।

Advertisement
Advertisement

अहिले उपत्यकामा सार्वजनिक खपतका सीसीटिभी म्यानुअल सिस्टमका मात्रै छन् । अब भिडियो म्यानेजमेन्ट सिस्टमअन्तर्गत अटोमेटिक डिडेक्टिभ सिस्टममा जानेगरी जडान हुँदैछन् ।

यसका लागि अप्टिकल फाइबर बिछ्याउने काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी नेपाल म्याक्स मौलिक तरंग कम्पनीले जनाएको छ ।

म्याक्सले तीनवटा कम्पनीको जोइन्ट भेन्चरका रुपमा काम गरिरहेको छ । अप्टिकल फाइबर तार विछ्याउने काम सकिएपछि कम्पनीलेमात्रै उपत्यकाभरी मुख्य मुख्य रुटमा १६१ वटा क्यामेरा जडान गर्नेछ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कम्पनीलाई साढे ६ करोड लगानीमा निर्माण गर्नेगरी ठेक्का दिएको छ । कम्पनीले एसियाकै दोस्रो उच्च गुणस्तर सीसीटिभीमा हुने दाबी गरेको छ ।

कम्पनीलाई ठेक्का असारसम्म भए पनि कोभिड महामारीका कारण निर्माण सामग्री आयात नभएपछि समय थपिएको छ । कम्पनीले चीन, हङकङ, सिंगापुरसहित चार देशबाट सामान आयात गरेको छ ।

४३ किलोमिटर फाइबर तार बिछ्याउने काम सकिएको कम्पनीले जनाएको छ । ’८० प्रतिशत काम सकिएको छ । अब ढिलोमा ४० दिनमा जडान गरिसक्ने टार्गेट छ,’ कम्पनीले भनेको छ, ’सामानको अभाव छैन ।

कामहरू धमाधम भइरहेको छ । भक्तपुर, महाराजगन्ज, बल्खु रूटबाट तार बिछ्याउने काम भइरहेको छ । हामीले सय केभीको सीसी टिभी जडान गर्छौं ।’

उपत्यकामा कति छ सीसीटिभी?

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक प्रयोजनका लागि २६४५ वटा सरकारी सीसीटिभी जडान गरिएको छ । पाँच वर्षको एक अध्ययनअनुसार उपत्यकामा २३ हजार सीसीटिभी आवश्यक रहेको औँल्याएको बताउँछन् ।

मेट्रोका डीआईजी उत्तमराज सुवेदी । तर बजेको अभाव, संगठनको प्राथमिकता, प्रतिकूल वातावरणका कारण आवश्यकताअनुसारको सीसीटिभी जडान हुन सकेन ।

अहिले भने प्रहरी प्रधान कार्यालयले नै उपत्यकामा सीसीटिभी जडानलाई प्राथमिकतामा राखेको बताउँछन् डीआईजी सुवेदी । उनी प्रविधिको प्रयोगले, कम्युटर सिस्टममा जाँदा अनुसन्धानको दायरा बढ्ने धारणा राख्छन् । ’समय बचत हुने भयो । कुनै पनि घटना मिस नहुने भयो । अनुसन्धान प्रभावकारी हुने भयो,’ उनी भन्छन् ।

झण्डै चार सय क्यामेरा प्रक्रियामा

महानगरीय प्रहरी कार्यालय सिसीटिभी शाखाका एसपी कृष्णबहादुर धिताल मेट्रोले आफै पनि सीसीटिभी जडान प्रक्रिया अघि बढाएको बताउँछन् । भिडियो म्यानेजमेन्ट सिस्टमका लागि अप्टिकल फाइबर विछ्याउनुपर्ने भन्दै धितालले यो काम सकिएपछि जडानमा समय नलाग्ने बताए ।

उनकाअनुसार मेट्रोले भीआइपी एरिया लक्षित गरी काठमाडौंमा १४५, ललितपुरमा १३५ र भक्तपुरमा १०० को हाराहारीमा सीसीटिभी जडान प्रक्रियामा लगेको छ । यसका लागि ९ करोड हाराहारीमा बजेट छुट्याइएको छ । उपत्यकामा भदौमा मात्रै ५८ क्यामेरा जडान भएको उनले जानकारी दिए ।

’अब जडान हुने सीसीटिभी क्यामेराले अटोमेटिक सिस्टमबाट डिड्क्टिभ गर्छ । शंकास्पद गतिविधि भएमा अटोमेटिक नोटिस गर्छ,’ एसपी धितालले भने, ’भिडियो फिल्टर गर्ने, भिडियो सिनोफ्सिस, लामो भिडियोलाई समराइज गर्न सहज हुन्छ ।’

Advertisement

यसले गर्दा सडकमा लेन मिच्ने, ट्राफिक लाइट मिच्नेलाई अन द स्पट नोटिस गरेर कारवाही गर्न सकिने उनले बताए । एक÷डेढ महिनाभित्र माथि उल्लेखित संख्यामा सीसीटिभी जडान भइसक्ने सीसीटिभी शाखा प्रमुख एसपी धिताल बताउँछन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top