चिसो मौसममा मुस्ताङ जिल्ला अस्पताल डाक्टरविहीन

२१ कात्तिक ७८, आइतबार
Share this
650shares

२१ कार्तिक, काठमाडौं ।

Advertisement

हिमालपारीको जिल्ला मुस्ताङमा रहेको सरकारी अस्पताल अहिले चिकित्सकविहीन अवस्थामा पुगेको छ । जिल्लाकै एक मात्र अस्पतालमा डाक्टर व्यवस्था हुन नसक्दा चिकित्सकीय सेवा प्रभावित बनेको हो ।

मुस्ताङ जिल्ला अस्पताल जोमसोममा कार्यरत करारका दुई जना डाक्टरको पनि करार अवधि सकिएपछि अस्पताल खाली जस्तै भएको छ ।

Advertisement

मुस्ताङको सदरमुकाम जोमसोममा रहेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन मनोज घिमिरे कार्तिकको शुरुमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काजमा खटिएको र कार्तिक १६ गते करारमा रहेका दुवै जना डाक्टरहरु पनि हिँडेसँगै जोमसोम अस्पताल चिकित्सकविहीन बनेको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयमा सचिवज्यूसँग कुरा भएको छ, उनले जति सक्यो चाँडो चिकित्सकको व्यवस्था गर्ने बताएको जानकारी दिए ।

Advertisement

प्रजिअ शर्माले भने, चिसो ठाउँमा बिरामीहरु कुन समय कस्ता प्रकृतिका आउँछन् पत्तै नहुने त्यही अस्पतालमा डाक्टर नै नहुँदा निकै कठिन भएकोले स्वास्थ्य चौकीका अहेबलाई काज तानेर दैनिक बिरामी चेकजाँचको व्यवस्था मिलाइएको छ ।

जोमसोम अस्पतालमा करारमा कार्यरत डाक्टर ऋषव खनाल र साजन बरालको करार अवधि असोजमा सकिएको भए पनि उनीहरु अस्पतालबाट १६ कार्तिकमा गइसक्नु भएको कारण पनि अहिले बिरामी जाँच देखि लिएर अन्य सेवा प्रदानमा जोमसोम अस्पतालमा निकै कठीन भएको छ ।

हाल डाक्टरहरु नहुँदा घरपझोङ गाउँपालिकाको मार्फा स्वास्थ्य चौकीमा कार्यरत अहेब अर्जुन किसानलाई अस्पतालमा ल्याएर कामकाज चलाउने काम भएको अस्पतालले जनाएको छ ।

१५ शैयाको मुस्ताङको जोमसोम अस्पताल पछिल्लो एक हप्ता देखि चिकित्सक विहिन बनेपछि मुस्ताङका बिरामीको उपचारमा समस्या परेको छ । अहिले जिल्ला अस्पतालले आफ्नो सेवा सञ्चालन गर्नका लागि स्वास्थ्य चौकीबाट अहेब ल्याएर सेवा दिन परेको मुस्ताङका प्रजिअ पौडेलले बताए ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top