×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

२१ कार्तिक २०७८

२१ कार्तिक, काठमाडौँ ।

नेकपा (एमाले)ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ ।

Advertisement
Advertisement

एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबाट संशोधित विधानबमोजिम सबै तहका कमिटीका पदाधिकारीमा एक महिला र कार्यसमितिमा एक तिहाइ महिलाको प्रतिनिधित्व गराउन थालिएको छ ।

सो पार्टीले आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि एक तिहाइ महिला प्रतिनिधि र केन्द्रीय कमिटीमा सोही अनुपानमा अनिवार्य प्रतिनिधित्व गराउने निश्चित भएको छ ।

एमालेले यही कात्तिक ६ गते वडा र ९ गते पालिकास्तरमा अधिवेशनका लागि मिति तय गरेकामा अधिकांशमा नयाँ नेतृत्व चयन हुँदा विधानको उक्त व्यवस्था कार्यान्वयन भएको छ ।

बाँकी रहेका अधिवेशन यही कात्तिक २५ गतेभित्र सम्पन्न गरिसक्ने तयारी छ भने दशौँ महाधिवेशन आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

नेपालको संविधानले राज्यका हरेक संरचनामा न्यूनतम् एक तिहाइ महिलाको प्रतिनित्वि सुनिश्चित गरेपछि राजनीतिक दलको विधानमा व्यवस्था गरी यसको कार्यान्वयन गर्नेमा सम्भवतः एमाले पहिलो पार्टी बन्दैछ ।

एमालेका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले राज्यका सबै तहमा ३३ प्रतिशत अनिवार्य महिलाको व्यवस्था विश्वका ठूला र विकसित भनिएका संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायतजस्ता मुलुकमा पनि प्रबन्ध नभएको स्मरण गराए ।

नेता थापाले भने, “संविधानमा भएको व्यवस्थालाई पार्टीका हिसाबले हामीले थालनी गर्दछौँ । सामाजिक वस्तुस्थितिको पुनःसंरचनाका दृष्टिले यो कोशेढुङ्गा हो । यसलाई क्रमशः बढाएर ५० प्रतिशतसम्म लैजाने पार्टीको सोच रहेको छ । यसले गर्दा समाजका सबै वर्गमा पार्टीप्रति सकारात्मक सन्देश पैदा भएको छ र अरु पार्टीका लागि पनि यो अनुकरणीय हुन सक्छ ।”

विसं २०६२÷०६३ को लोकतान्त्रिक जनआन्दोलनबाट पुनःस्थापित संसद्मा राज्यका हरेक संरचनामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने सङ्कल्प प्रस्ताव एमालेका तत्कालीन नेत्री एवं वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राखेकी थिइन् । उक्त प्रस्ताव पारित भएपछि त्यसले संविधानः प्रबन्धका लागि सहजीकरण गरेको थियो ।

एमालेको वाग्मती प्रदेश कमिटीका सदस्य वृन्दा ढुङ्गानाले पार्टी विधानको उक्त व्यवस्थाले महिलाहरुमा नेतृत्वका लागि उत्साह थपेको बताउँदै अब पार्टीको सङ्गठित सदस्यता पनि ३३ प्रतिशत महिला पु–याउने गरी लागिने जनाइन्।

ढुङ्गानाले आफ्नो गृह जिल्ला नुवाकोटको लिखु गाउँपालिकाको अधिवेशनले कमिटीको अध्यक्षमा महिला प्रतिनिधि दुर्गा पुडासैनी निर्वाचित भएको र अधिकांश वडा तहमा विधानबमोजिम महिला प्रतिनिधित्व भएको जानकारी दिइन् ।

एमालेले दशौँ महाधिवेशनका लागि प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा दुई महिलासहित पाँच जना दरले निर्वाचित प्रतिनिधि हुने व्यवस्था गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका एक हजार २०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जना, सो सङ्ख्यामा ८०० सम्म सदस्य थप भएमा थप एक जना, एक हजार ६०० सम्म सदस्य थप भएमा थप दुई जना, दुई हजार ४०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोही अनुपातमा प्रतिनिधि तथा तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक महिला अनिवार्य गर्न सर्कुलर गरिएको छ ।

महाधिवेशनले एक तिहाइ महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । महाधिवेशनका प्रतिनिधिको निर्वाचन आगामी कात्तिक २७ गते देशैभरि एकसाथ देहायबमोजिम गरिने जनाइएको छ ।

देशभित्रका विशेष जिल्लाअन्तर्गतका एक हजार २०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले निर्वाचित प्रतिनिधि हुनेछन् । सो सङ्ख्यामा ८०० सम्म सदस्य थप भएमा थप एक जना, एक हजार ६०० सम्म सदस्य थप भएमा थप दुई जना, दुई हजार ४०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित प्रतिनिधि हुनेछन् । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक जना महिला अनिवार्य हुनेछन् ।

देशभित्रका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने एक जना प्रतिनिधि र सो सङ्ख्यामा ५०० सम्म सदस्य थप भएमा थप एक जना, १००० सम्म सदस्य थप भएमा थप दुई जना, १५०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोही अनुपातमा दलित प्रतिनिधि निर्वाचित हुनेछन् । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक जना महिला अनिवार्य हुनेछन् ।

भूगोलका प्रदेशअन्तर्गतका मजदूर पार्टी सदस्यमध्येबाट कम्तीमा तीन महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रनितनिधि, भारत, अमेरिका (क्यानडासमेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित हुने प्रतिनिधिलाई आधार मानिनेछ ।

पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयअन्तर्गत पार्टी सदस्यबाट निर्वाचित हुने कम्तीमा दुई महिलासहित ५ जना प्रतिनिधि रहने छन् ।

विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्नेछन् । स्वदेशका २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधि गरी कूल एक हजार ९९९ प्रतिनिधि रहनेछन् ।

Advertisement

महाधिवेशनको मूल व्यवस्थापन समितिको कार्यालय भरतपुरस्थित जिल्ला पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक १५ गते सम्पर्क कार्यालय शुभारम्भ गरिसकेका छन् ।

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top