आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

२० कात्तिक ७८, आइतबार

२१ कार्तिक , काठमाडौं ।

Advertisement

नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । आइतबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतय सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ।

Advertisement

प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राती भने देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top