वर्षाले धान नष्ट गर्‍यो गरेपछि किसानलाई परिवार पाल्ने चिन्ता

२० कात्तिक ७८, आइतबार

२१ कार्तिक, नेपालगञ्ज ।

बाँके नरैनापुर–३ बालापुरकी ४३ वर्षिया सत्तवा रैदास वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्तामा डुबेकी छन् । बेमौसमी वर्षा धानबालीमा क्षति गरेपछि उनी मारमा परेकी हुन् ।

कात्तिक १ गतेदेखि परेको अविरल वर्षाले करिब १ विगाह जमिनमा काटेको धान पानीले डुवाएपछि सत्तवाको चिन्ताको विषय बनेको हो । ‘काटेको धान खेतमै डुबेर उम्रिएको छ ।

नकाटेको धान पनि हावाले ढालेर कुहिएको छ । अब वर्षभरी के खाने भन्ने चिन्ताले सताएको छ, झ सत्तवाले निरास हुँदै भनिन्, ‘परिवारलाई कमाएर खुवाउन श्रीमान छैनन् । म एक्लीले कसरी पाल्ने यत्रो ८ जनाको परिवार ।’

स्थानीय जमिन्दारको जमिन अधियामा खेती लगाउदै आएकी सत्तवाको दैनिकी खेतमा उम्रेको धानको बाला र पानीमा डुबेर कुहेको धान केलाउने सुकाउने गर्दै बित्ने गरेको छ ।

उनले भनिन्, ‘गाउँमा रोजगारी पनि पाइँदैन । धान थियो र वर्षभरी पुगनपुग खानलाई हुन्थ्यो तर, अब त त्यो पनि छैन कसरी गुजार चलाउने हो के खाने भन्ने चिन्ताले रात छप्लक्कै उघारिएकै आँखाले काट्ने गरेको छ ।’

उनकै छिमेकी संगीता रैदासको पनि अवस्था उस्तै छ । संगीताको पनि डेढ विगाह खेतमा लगाएको धान पानीमा कुहेर नष्ट भएको छ । खेतमा डुबेको धान सुकाउन हुलाकी सडकमाथि थुपारेकी उनले उम्रिएधार धानको बाला देखाउदै भनिन्, ‘ उम्रेको धान छ । यसबाट कस्तो चामल निस्कन्छ र खाने हो ।

ऐलानी र जमिनदारको जग्गा जोतेका छौँ पालिकाबाट धानको क्षतिको क्षतिपूर्ति लिन जाउ भने आफ्नो नाममा लालपूर्जा छैन । लालपूर्जा नभए क्षतिपूर्ति पाइँदैन भन्छन् ।’

पानीकै कारण नरैनापुरकै २ का सफिउल्ला खाँनको २ विगाहा ५ कठ्ठामा लगाएको धानबाली नष्ट भयो । ‘खाइ नखाई गरेर लगाएको धान खेलमा पाकेर पहेँलै भएको थियो । तर, धान नष्ट गरेपछि अब ९ जनाको परिवार पाल्ने पिरलो थपिएको छ । अस्फाक खाँनको पनि पीडा उस्ते छ।

सफिउल्ला, संगीता र सत्तवा त नरैनापुरका बेमौषमि वर्षाका पीडित किसान प्रतिनिधि पात्र हुन् । नरैनापुरका अधिकांश किसानको आँगनमा उचो सडकमा जहाँतहिँ पानीमा डुबेर कुहेको धानको रास देख्न सकिन्छ । कुहेकै भएपनि केही काम लाग्ने छ कि भन्दै धानको व्यवस्थापन गर्न जुटेको देखिन्छन् ।

कात्तिक महिनामा यसअघि कहिल्यै यसरी वर्षात नभएको र वर्षा भए पनि डुबान र बाढीको बितण्डा नदखेका यहाँका स्थानीय किसानले संघ, प्रदेश र स्थानीय तहले आफ्नो समस्या बुझेर राहतको व्यवस्था गर्नुपर्ने आशामा छन् ।

गत कात्तिक १ गतेदेखि परेको बेमौसमी वर्षातको कारण बाँकेमा झण्डै ६० प्रतिशत धानमा नोक्सान गरेको छ भने नरैनापुरमा पनि सोही अनुपातमा क्षति गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारी बताउछन् । उनले किसानले काटेर राखेको धान खेतमै उम्रिएको बताए ।

शाखा प्रमुख भण्डारीले कात्तिक महिनाको सुरुमै परेको बेमौसमी झरीका कारण पालिकामा ६ हजार ३ सय ८५ हेक्टर जमिनको धानबाली नष्ट भएको जानकारी दिए । उनले यसबाट करिव ५० करोड नोक्सानी भएको तथ्यांक निकालिएको बताए ।

प्रति हेक्टर ४ दशमलव १५ टन उत्पादन हुने सो क्षेत्रमा ६ हजार ३ सय ८५ हेक्टरमा लगाइएको धान बाली नष्ट हुँदा पालिकाको ५१ करोड बराबरको क्षति भएको हो ।

धानबाली लगाएका कुनै पनि किसानले बिमा नगरेको शाखा प्रमुख भण्डारीले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top