×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कर्णालीमा आलोपालो – १५ वैशाखपछि नेकपा एसको मुख्यमन्त्री

२१ कार्तिक २०७८

२१ कार्तिक, सुर्खेत ।

कर्णाली प्रदेशमा आउँदो १५ वैशाखपछि नेकपा (एकीकृत समाजवादी)ले सरकारको नेतृत्व गर्ने भएको छ ।

Advertisement
Advertisement

गत ३ वैशाखमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा तत्कालीन एमालेको माधव नेपाल समूह (हाल एकिकृत समाजवादी), नेपाली कांग्रेस र माओवादी केन्द्रबीच ११ बुँदे समझदारी भएको थियो । त्यो समझदारीअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यही १५ कात्तिकमा राजीनामा दिएका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत ३ वैशाखमा विश्वासको मत लिँदा २ वैशाखको राती तत्कालीन एमालेका चार जना सांसदले फ्लोर क्रस गर्ने र ६÷६ महिना तीन दल (माओवादी, कांग्रेस र नेकपा एस)ले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको समझदारीमा त्यो समझदारी गर्ने बैठकमा सहभागी एक नेताले बताए ।

‘हामीले ६÷६ महिना सरकारको नेतृत्व गर्ने समझदारी गरेका हौँ’, उनले भने, ‘त्यही समझदारीअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा गरेर कांग्रेसबाट मुख्यमन्त्रीमा जीवनबहादुर शाही बनिसक्नु भएको छ । उहाँले १५ वैशाखपछि एकीकृत समाजवादीलाई नेतृत्व हस्तारन्तरण गर्नुहुन्छ ।’

मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा भएको ११ बुँदे सम्झौता अहिले कुनै पक्षले सार्वजनिक गरेका छैनन् । २ वैशाखमा गरिएका सम्झौताका विषयमा नाम नबताउने सर्तमा केही बुँदा सार्वजनिक गर्दै आएका छन् ।

मुख्यमन्त्री शाहीले १४ कात्तिकसम्म पनि कर्णाली प्रदेश सरकारको नेतृत्व नछाड्ने देखेपछि कांग्रेसनिकट नेताहरूले ११ बुँदे सम्झौता भएको अभिव्यक्ति दिएका थिए ।

हालका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्झौताअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पालना नगरे कर्णालीमा नयाँ कोर्सबाट काम गर्न तयार रहेको बताएका थिए ।

मुख्यमन्त्री शाहीले राजीनामा दिँदा आफुले गरेको सम्झौताको इमान्दार पालना गरेको बताएका थिए । त्यसबेला समझदारी गर्दा एमालेबाट फ्लोर क्रस गरेका सांसदहरूलाई उपनिर्वाचनमा लड्दा माओवादी केन्द्र र नेपाल कांग्रेसले उनी उपनिर्वाचन उठेका क्षेत्रमा आफ्ना उम्मेदवार नलडाउने पनि सम्झौता भएको र अहिले उपनिर्वाचन हुने अवस्थामा पनि नरहेको उनले जानकारी दिए ।

Advertisement

सम्झौताको इमान्दार पालना गरे आउँदो १५ वैशाखपछि कर्णालीमा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउनेछ । कर्णालीमा एकीकृत समाजवादीले मुगुका चन्द्रबहादुर शाहीलाई संसदीय दलको नेतामा चयन गरेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top