किसानलाई अनुदानमा आलुको बीउ

२० कात्तिक ७८, आइतबार

२१ कार्तिक, पाल्पा ।

रम्भा गाउँपालिकाले आलुखेती प्रवर्द्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ ।

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार यस वर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँचवटै वडाका किसानलाई वितरण गरिएको हो ।

आलु खेतीलाई व्यावसायीकरण र किसानलाई उत्प्रेरित गर्न अनुदानमा बीउ उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

गाउँपालिकाले अघिल्ला वर्षमा पनि अनुदानमा बीउ वितरण गरेकामा यस वर्ष वडा नं १ मा १४ क्विन्टल, २ मा ६५ क्विन्टल, ३ मा ९७ क्विन्टल, वडा नं ४ मा ६५ क्विन्टल र ५ मा ९५ क्विन्टल बीउ आलु उपलब्ध गराएको छ ।

पीपलडाँडा, हुँगीलगायत गाउँ आलु उत्पादनको पकेट क्षेत्र मानिन्छन् । पालिकाका सबै वडाका समथर खेत तथा बारीमा पनि किसानले आलुखेती गरेका छन् ।

गाउँपालिकाले अनुदानमा बीउ दिन थालेपछि यहाँका किसान आलुखेतीमा आकर्षित हुन थालेका छन् । घरायसी प्रयोजनका निम्ति मात्र आलु लगाउने किसानले पछिल्लो समय व्यावसायिक उत्पादनमा जोड दिएका छन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top