×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

दक्षिण अफ्रिका फेरि ‘अभागी’ सावित

२१ कार्तिक २०७८

२१ कार्तिक, काठमाडौं ।

जब विश्वकप क्रिकेट आउँछ, तब दक्षिण अफ्रिका ‘अभागी’ सावित हुन्छ। सधैं दक्षिण अफ्रिकालाई उपाधि दावेदार टिमको रूपमा हेरिन्छ। र, समूह चरणमा उसको प्रदर्शन पनि उत्कृष्ट रहन्छ।

Advertisement
Advertisement

सन् १९९२ देखि २०२१ सम्मका विश्वकपमा दक्षिण अफ्रिका विभिन्न कारणले अभागी टोलीका रूपमा परिचित हुँदै आएको छ। क्रिकेट इतिहासमा दक्षिण अफ्रिका एक पटक पनि विश्वकप क्रिकेटको फाइनलमा पुग्न सकेको छैन।

टोलीले द्विपक्षीय र त्रिदेशीय शृङ्खलामा राम्रो प्रदर्शन गर्छ। तर, विश्वकप, च्याम्पियन्स ट्रफी र टी–२० विश्वकप जस्ता ठूला अवसरहरूमा टोलीको दमन हुन्छ अर्थात् हार बेहोरिन्छ।

यसपटकको टी–२० विश्वकपमा समूह वानबाट उत्कृष्ट प्रदर्शन गरे पनि नेट रनरेटका आधारमा तेस्रो भएर समूह चरणबाटै बाहिरीयो। र, एक पटक फेरि ‘अभागी सावित भयो।

दक्षिण अफ्रिकाले गुमाएका केही अवसरहरू

च्याम्पियन्स ट्रफी २०१७

च्याम्पियन्स ट्रफी २०१७ को कुरा हो। भारत र दक्षिण अफ्रिका दुवैले आफ्नो दुई खेलमध्ये एक जितेका थिए। दुबै टोलीले सेमिफाइनल प्रवेशका लागि अझै एक खेल जित्नै पर्ने थियो। र, यी दुई टोलीबीच थियो अन्तिम खेल।

दक्षिण अफ्रिका पहिले ब्याटिङमा उत्रियो। एक समयमा उसले दुई विकेट गुमाएर १४० रन बनाएको थियो। दक्षिण अफ्रिकाले धेरै ठूलो स्कोर बनाउने र खेल सजिलै जित्ने देखिन्थ्यो। सबै ठीकठाक चलिरहेको थियो। तर, अचानक अफ्रिकी ब्याट्सम्यान लगातार आउट हुन थाले।

दक्षिण अफ्रिका अन्तमा १९१ रनको स्कोरमा रोकियो। र, भारतले यो लक्ष्य सजिलै हासिल ग¥यो । र दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरियो।

विश्वकप क्वार्टर फाइनल १९९६

दक्षिण अफ्रिका सन् १९९६ को विश्वकपको क्वार्टरफाइनलबाट बाहिरियो। वेस्टइण्डिजसँग पराजित हुँदै दक्षिण अफ्रिका बाहिरिएको थियो। दक्षिण अफ्रिकाले क्वार्टरफाइनल अघिका खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

यो प्रदर्शन देखेर सबैले दक्षिण अफ्रिका यस पटकको विश्वकप जित्ने सबैभन्दा बलियो दावेदार भएको भन्दै थिए। वेस्टइण्डिजले ब्रायन लाराको १११ रनको मद्दतमा ५० ओभरमा २६४ रन बनाएको थियो। दोस्रो इनिङ्स सुरू हुनुअघि नै दक्षिण अफ्रिकाले यो लक्ष्य सजिलै हासिल गर्ने विश्वास गरिएको थियो।

किनकि दक्षिण अफ्रिकासँग ह्यान्सी क्रोन, एलन डोनाल्ड, ज्याक कालिस, ग्यारी कर्स्टन र जोन्टी रोड्स जस्ता विश्वका उत्कृष्ट ब्याट्सम्यान थिए। जबाफी ब्याटिङ गरेको अफ्रिकाले तीन विकेट गुमाएर १८६ रन बनाएको थियो। त्यसपछि अचानक ५९ रन भित्रै अफ्रिकाको टिमले बाँकी सात विकेट गुमायो। र, प्रतियोगिताबाट बाहिरीयो।

विश्वकप सेमिफाइनल १९९९

सन् १९९९ मा दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको सेमिफाइनल सायद कसैले बिर्सन सक्दैनन्। यो खेलको अन्तमा, परिस्थिति यस्तो थियो कि दर्शकलाई पनि हृदयघात हुन सक्ने। अन्तिम ओभरमा दक्षिण अफ्रिकालाई जितका लागि नौ रन आवश्यक थियो। तर, एउटा मात्र विकेट हातमा थियो।

स्ट्राइकमा हिटर लान्स क्लुजनर थिए। क्लुसनरले पहिलो दुई बलमा दुई चौका प्रहार गरे। अब चार बलमा एक रन मात्र आवश्यक थियो। दक्षिण अफ्रिकाले यो खेल सजिलै जित्छ भन्ने सबैलाई लागेको थियो। त्यसपछि अष्ट्रेलियाका कप्तान स्टिभ वाले आफ्ना सबै फिल्डरहरूलाई तीस गजको दायराभित्र रन रोक्न बोलाए।

क्लुजनरले अर्को बल मिडअफमा प्रहार गरे र प्रहार गर्ने बित्तिकै रनका लागि दौडिए, तर अर्कोतर्फ उभिएका एलन डोनाल्डले रन लिएनन् र रनआउट भए। त्यसपछि खेल बराबरी भए पनि राम्रो रनरेटका आधारमा अस्ट्रेलियाले फाइनल खेल्ने मौका पायो। यससँगै दक्षिण अफ्रिकाले उपाधि जित्ने अर्को मौका गुमायो।

च्याम्पियन्स ट्रफी सेमिफाइनल २००२

यस खेलमा दक्षिणअफ्रिकाले आश्चर्यजनक खेल खेल्यो। पहिले ब्याटिङ गरेको भारतले २६१ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिकाले सुस्त सुरुवात गर्दै एक विकेट गुमाएर १९२ रन बनाएको थियो। त्यसपछि अचानक पूरै खेल ध्वस्त भयो।

खराब सट खेलेपछि कालिस, बाउचर र अन्य ब्याट्सम्यान आउट भए र टोली १० रनले हारेर प्रतियोगिताबाट बाहिरिएको थियो।

च्याम्पियन्स ट्रफी सेमिफाइनल २००६

यस खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले आठ विकेट गुमाएर २५८ रन बनाएर वेस्टइण्डिजलाई २५९ रनको लक्ष्य दियो। पीच हेर्दा यो निकै राम्रो स्कोर थियो। तर, गेल र चन्द्रपलले २६ ओभरमा १५४ रन जोडे।

छब्बीसौं ओभरमा चन्दरपल हर्ट भएर प्याभिलियन फर्किए। एक पटक दक्षिण अफ्रिकी टोली पुनरागमन गर्छ भन्ने लाग्थ्यो, तर त्यसो भएन।

वेस्टइण्डिजलाई जित दिलाउन गेलले १७ चौका र तीन छक्का प्रहार गर्दै उत्कृष्ट १३३ रन बनाए। यस खेलमा दक्षिणअफ्रिकाले स्पिनर नखेलाउनु नै उसको गल्ती थियो।

विश्वकप सेमिफाइनल २००७

विश्वकप २००७ को समूह चरणमा दक्षिण अफ्रिकाले उत्कृष्ट प्रदर्शन गरेको थियो। अफ्रिकासँग स्मथ, डिभिलियर्स, गिब्स, कालिस र बाउचरजस्ता विश्वस्तरीय ब्याट्सम्यान थिए। त्यस्तै बलिङमा हल, पोलक, नील र केम्प जस्ता बलियो फास्ट बलर पनि थिए।

यस खेलमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गरेको थियो। तर, सुरुवात भने निकै खराब रह्यो। अष्ट्रेलियाका बलर म्याकग्रा र टेटले दक्षिण अफ्रिकाका ब्याट्सम्यमानलाई दबाबमा राखे। र, अफ्रिका १४९ रन बनाएर अलआउट भयो।

विश्वकप क्वार्टर फाइनल २०११

विश्वकप २०११ को क्वार्टरफाइनलमा दक्षिण अफ्रिकाका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। र, न्युजिल्याण्डलाई २२१ रनमा सीमित बनाए। यो खेलमा दक्षिण अफ्रिका सहजै जितेर सेमिफाइनलमा पुग्ने देखिन्थ्यो।

लक्ष्य पछ्याएको उसले दुई विकेट गुमाएर १०८ रन बनाएको थियो। तर, फेरि उसले ठूलो अवसर गुमायो। थप ६४ रनमा आठ विकेट गुमाए र प्रतियोगिताबाट बाहिरीयो।

विश्वकप सेमिफाइनल २०१५

यो खेल याद गर्नुको कारण हो, हारपछि दक्षिण अफ्रिकाका खेलाडीहरू रूनु। जितको नजिक पुगे पनि सेमिफाइनलबाट बाहिरीएपछि दक्षिण अफ्रिकाको उपाधि जित्ने सम्भावना चकनाचुर भएको थियो ।

पानी परेपछि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४३ ओभरमा २८३ रन बनाएको थियो। वर्षा रोकिएपछि खेल सुचारू हुँदा न्युजिल्याण्डले डकवर्थ लुइस नियमअनुसार ४३ ओभरमा २९८ रन बनाउनु परेको थियो।

विश्वकपको सेमिफाइनलमा यसअघि कुनै पनि टोलीले यति ठूलो स्कोर पछ्याउन सकेको थिएन। न्युजिल्यान्डले खेलमा आफूलाई कुनै न कुनै रूपमा कायम राखेको थियो। न्यूजिल्याण्डको आशा ग्रान्ट इलियटमा टिकेको थियो। यसैबीच, इलियटले एक सट खेले, जुन सिधा हावामा खडा भयो। क्याच सजिलै समात्न सकिन्छ भन्ने लाग्थ्यो।

तर, बेहरेडिन र डुमिनीबीच गलतफहमी भयो र क्याच मिस भयो। अन्तमा, न्यूजिल्याण्डलाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक थियो। भिटोरी स्ट्राइकमा थिए र विश्वका उत्कृष्ट बलर डेल स्टेनलाई बलिङ गरिरहेका थिए। अन्तिम दुई बलमा पाँच रन आवश्यक थियो। इलियटले पाँचौँ बलमा छक्का प्रहार गर्दै जित दर्ता गरे।

समूह चरण टी–२० विश्वकप २०२१

यूएईमा जारी टी–२० विश्वकपमा समूह वानबाट इंग्ल्याण्ड र अष्ट्रेलिया विजेता र उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे। ‘ग्रुप अफ डेथ’ मानिएको यही समूहमा उत्कृष्ट प्रदर्शनका बाबजुद दक्षिण अफ्रिका भने समूह चरणबाटै घर फर्कियो।

इंग्ल्याण्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ८र८ अंक रहे पनि नेट रनरेटका आधारमा दक्षिण अफ्रिका बाहिरीएको हो। दक्षिणअफ्रिका समूह चरणमा अष्ट्रेलियासँग मात्र पराजित भएको थियो भने इंग्ल्याण्ड, वेष्टइण्डिज, श्रीलंका र बंगलादेशलाई पराजित गरेको थियो।

गर या मरको खेलमा इंग्ल्याण्डविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा दुई विकेट गुमाएर १८९ रन बनायो। उसले सेमिफाइनल पुग्नको लागि इंग्ल्याण्डले १३१ रन भित्र रोक्नु पर्ने थियो।

तर, इंग्ल्याण्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो। उक्त खेल १० रनले जितेपनि फेरि दक्षिण अफ्रिका ‘अभागी’ सावित भयो।

Advertisement

भर्खरको समाचार

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

सम्बन्धित खबरहरु

Scroll to Top