बुटवलका पहिरो प्रभावित भन्छन्- राहत होइन, पहिरो नियन्त्रणको योजना बनाऊ

२० कात्तिक ७८, आइतबार

२१ कार्तिक, बुटवल ।

बुटवल ज्योतीनगरका पहिरो प्रभावितहरूले राहतभन्दा पनि पहिरो नियन्त्रणको योजना बनाउन सरकारसँग माग गरेका छन् ।

चुरेबाट खसेको पहिरोले गत १३ र १४ भदौमा ज्योतीनगरका एक दर्जन घर पुरिएका थिए भने ५० घर जोखिममा परेका थिए । पहिरोले ठूलो क्षति पु¥याएपछि पहिरो प्रभावित क्षेत्रका बासिन्दाले अब दीर्घकालीन योजना बनाएर पहिरो नियन्त्रण थाल्न माग गरेका हुन् ।

२० भदौ २०५५ मा सोही क्षेत्रमा गएको पहिरोले ६० घर पुरिएका थिए । त्यसपछि विस्थापित भएका परिवारलाई सरकारले क्षतिपूर्ति दिएको थियो । तर, अब राहत र क्षतिपूर्ति भन्दा पनि तत्काल ठोस योजना बनाएर पहिरो नियन्त्रणको काम थाल्न स्थानीयवासीले तीन तहकै सरकारलाई दवाव दिन थालेका छन् ।

अब संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले पहिरो नियन्त्रणका लागि काम थाल्नुपर्ने चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम बताउँछन् ।

तारजाली बिछ्याएर मात्र पहिरो नियन्त्रण हुन नसक्ने भएकाले विज्ञहरूको अध्ययनका आधारमा दीर्घकालीन नियन्त्रणको प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

भूकम्प र चुरे क्षेत्रमा खनेको सडकका कारण थप ठूलो पहिरो जान सक्ने भएका कारण बेलैमा सचेतना अपनाउनुपर्ने उनले बताए । पहिरो गएसँगै एक साता घर छाडेका बुटवल–३ ज्योतीनगरका किरण ज्ञवालीले अरुबेला बेवास्ता गर्ने तर पहिरो गएपछि मात्र तदारुकता देखाउने कामले सरकारले पहिरो नियन्त्रण गर्ला भनेर आश लाग्न छाडिसकेको बताए ।

’अब अहिल्यैबाट नै नियन्त्रणको काम भएन भने अर्को वर्ष झन् ठूलो पहिरो जान सक्ने जोखिम कायमै छ, बरु हामीलाई राहत चाहिँदैन, पहिरो नियन्त्रण भए पुग्छ’, उनले भने ।

पहिरोका कारण विस्थापित भई भाडामा बस्न पुगेका स्थानीयलाई बुटवल उपमहानगरपालिकाले भाडा तिरिदिने निर्णय गरेको थियो । तर, उक्त भाडाबापतको रकम पनि स्थानीयले अझैसम्म पाएका छैनन् । राहत स्वरुप जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रतिपरिवार १५ हजार रुपैयाँ दिएको विस्थापित सीता मल्ल बताउँछिन् ।

कतिपयले सो क्षेत्रको बस्ती स्थानान्तरणको मागसमेत गरेका छन् । २०५५ सालमा गएको पहिरोका कारण ५७ घरलाई स्थानान्तरण गरिएको थियो । त्यतिबेला प्रत्येक परिवारलाई बुटवल तामनगरमा १०÷१० धुरका दरले सरकारले जग्गा उपलब्ध गराएका थियो । तर, स्थानीयले पहिरो गएको क्षेत्रको जग्गा बिक्री गरे, सरकारले दिएको जग्गामा घर बनाएर बसे ।

’नयाँ किनेकाहरूले फेरि ज्योतीनगर क्षेत्रमा ठूलाठूला महल बनाए । अहिले उनीहरू छोड्न मान्दैनन्’, चुरे–तिनाउ संरक्षण समितिका संयोजक गौतम भन्छन्, ’अब बस्ती स्थानान्तरण गर्न सम्भव देखिँदैन, जसरी हुन्छ पहिरो नियन्त्रण नै गर्नुपर्छ ।’

ज्योतीनगर क्षेत्रमा पहिरो गएपछि विज्ञ टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदनसमेत बुझाइसकेको छ । भूगर्भविद डा. रञ्जन दाहालसहितको टोलीले गरेको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा चुरेमा पानीका मूलहरु प्रयाप्त रहेको, तिनको व्यवस्थापन नभएको र वर्षातमा परेको पानीको समेत व्यवस्थापन नभएकाले पहिरो गएको उल्लेख गरिएको छ । अध्ययन टोलीले पनि परम्परागत तारजालीको प्रयोगले मात्र पहिरो नियन्त्रण नहुने औंल्याएको छ ।

यता, बुटवल उपमहानगरपालिकाले भने पहिरो नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन सुरु गरिसकेको बताएको छ । ’हामीले विज्ञ टोली खटाएर अध्ययन गरिसकेका छौँ, अब प्रदेश सरकारसँग समन्वय गरेर पहिरो नियन्त्रणको खाका बनाउँछौं’, उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने ।

पहिरो गएको चुरे क्षेत्रमा वनस्पतिहरु रोप्ने, ठूला रुखहरू नम्बरिङ गरी हटाउने र प्राविधिक टोलीको अध्ययनको आधारमा पानीको निकास खोज्ने गरी पहिरो नियन्त्रणका प्रयासहरू गर्ने उपमहानगरको योजना छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top