सल्यान बस दुर्घटना अपडेट – मृतकको संख्या ११ पुग्यो

सल्यान बस दुर्घटना अपडेट – मृतकको संख्या ११ पुग्यो

२१ कार्तिक, दाङ ।

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेकोे छ । दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकोप्टरबाट उद्धार गरि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।

तल खसेको र बस चालक अझै फरार रहेको बताइएको छ। बसमा सवारहरू अधिकांश भाइटीका सकेर फर्किएकाहरू रहेको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.