इराकी प्रधानमन्त्री खादिमीको हत्याको प्रयास

२० कात्तिक ७८, आइतबार

२१ कार्तिक, एजेन्सी ।

इराकी प्रधानमन्त्री मुस्तफा अल–खादिमीको हत्याको प्रयास भएको छ।

आइतबार बिaहान राजधानी बग्दादस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार इराकी सेनाले यस आक्रमणलाई प्रधानमन्त्री खादिमीको हत्याको प्रयास भनेको छ। सेनाका अनुसार खादिमी सकुशल रहेका छन्। आक्रमणपछि उनी आफ्नो निवासबाट भागेको बताइएको छ।

तर, अन्य सञ्चारमाध्यमहरूले भने खादिमीलाई अस्पताल लगिएको दाबी गरेका छन्। तर, उनले आफू घाइते नभएको बताएका छन्।

अधिकारीहरूका अनुसार खादिमीको सुरक्षार्थ खटिएकामध्ये ६ जना घाइते भएका छन्।हालसम्म कुनै पनि समूह या संगठनले यस आक्रमणको जिम्मेवारी लिएको छैन। आक्रमणका कारण खादिमीको निवासमा क्षति पुगेको छ।

सामाजिक सञ्जालमा ट्विटरमा खादिमीले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन आह्वान गरेका छन्।

बगदादमा भएको आक्रमणको आलोचना गर्दै साउदी अरबको विदेश मन्त्रालयले यसलाई कायरतापूर्ण अतिवादी हमला भनेको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top