भारतको औद्योगिक हब बन्दै तमिलनाडू : फ्याक्ट्री मात्रै ३७ हजारभन्दा बढी

२० कात्तिक ७८, आइतबार

२१ कार्तिक, नयाँदिल्ली ।

Advertisement

भारतीय प्रायद्वीपको दक्षिण–पूर्वी सीमानामा रहेको तमिलनाडू राज्य भारतको सबैभन्दा ठूलो औद्योगिक हब बनेको छ। भारत मात्र होइन, तमिलनाडू विश्वकै शीर्ष १० निर्माण हबमध्येमा पनि पर्छ।

अटोमोबाइल, फर्मास्युटिकल्स, टेक्स्टाइल, छालाजन्य सामग्री, रसायनलगायत विभिन्न क्षेत्रको उत्पादनमा तमिलनाडू अग्रणी स्थानमा छ। सुविधाजनक सडक सञ्जाल, चुस्त रेल सेवा र सातवटा विमानस्थल भएको तमिलनाडू पूर्वाधार निर्माण विकासमा पनि अगाडि छ।

Advertisement

तमिलनाडूको एक हजार ७६ किलोमिटर लामो समुद्री तट भारतकै सबैभन्दा दोस्रो लामो तट हो, जहाँ चारवटा ठूला र अन्य साना बन्दरगाहहरू छन्। यसले कच्चा पदार्थ तथा तयारी सामान ढुवानीमा महत्त्वपूर्ण भूमिका वहन गरेको छ।

तमिलनाडूमा रहेका ४१ वटा विशेष आर्थिक क्षेत्र (एसईजी) विश्वकै सबैभन्दा उच्च हो। यस्तै, वायु ऊर्जा प्रयोगमा पनि तमिलनाडू विश्वको नवौँ ठूलो हबमध्येमा पर्छ।

Advertisement

निर्यात क्षमताको सूचकांक ‘एक्स्पोर्ट प्रिपेयर्डनेस इन्डेक्स’को सन् २०२० को गणनामा तमिलनाडू विश्वभरबाट तेस्रो स्थानमा पर्न सफल भएको थियो। भारतको आर्थिक विकासको महत्त्वपूर्ण हिस्सा बोकेको तमिलनाडू भारतको नवीकरणीय ऊर्जाको पनि सबैभन्दा ठूलो हिस्सेदार हो। १६ गिगावाट नवीकरणीय ऊर्जा क्षमता रहेको तमिलनाडूमा कुल ३२ हजार ६ सय २० मेगावट जडित क्षमताका प्लान्ट स्थापित छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top