पाकिस्तानी प्रहरीले गोली चलाउँदा एक भारतीय माझीको मृत्यु

२० कात्तिक ७८, आइतबार

२१ कार्तिक, काठमाडौं ।

गुजरातको तटमा रहेको अन्तर्राष्ट्रिय जलक्षेत्रमा पाकिस्तानी सामुद्रिक सुरक्षा एजेन्सी (पीएमएसए)ले गोली चलाउँदा महाराष्ट्रका एक माझीको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईको अनुसार प्रहरीले गोली लागेर अन्य एक जना घाइते भएका छन्। प्रहरीका अनुसार यो घटना शनिबार साँझ करिब ४ बजेको हो।

देवभूमि द्वारकाका प्रहरी उपरीक्षक सुनिल जोशीका अनुसार जलपरी नामको माछा मार्ने डुङ्गामा सवार महाराष्ट्रको थानेका एक माझीको गोली लागेर मृत्यु भएको छ।

‘डुंगामा सात जना सवार थिए, जसमध्ये एक जना सामान्य घाइते भएका छन्। मारिएका माझी श्रीधर रमेशको शव आइतबार ओखा बन्दरगाहमा ल्याइएको छ,’ उनले भने।

पोरबन्दर नवी बन्दर प्रहरीले यस मामिलामा एफआईआर दर्ता गरेको छ। अरब सागरमा १२ नटिकल माइल टाढा गुजरातको तटमा जे हुन्छ, त्यसको रिपोर्ट यही प्रहरी चौकीमा रेकर्ड हुन्छ।

जलपरी नामको यो डुंगा गत असोज २५ गते ओखाबाटै समुन्द्रमा गएको थियो। यसका सात नाविकहरूमध्ये पाँच गुजरातका र दुई महाराष्ट्रका छन्। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top