कांग्रेस महाधिवेशन: निधिको ध्यान गृह प्रदेशमा

२१ कात्तिक ७८, सोमबार

प्रमुख सत्ताधारी दल नेपाली काग्रेसको १४औं महाधिवेशनको प्रक्रिया अघि बढे संगै सबैभन्दा पहिला नेतृत्वको दाबी सार्वजनीक गर्दै तयारी आफ्नो तयारी अघि बढाउने नेता हुन विमलेन्द्र निधि । हाल उपसभापति रहेका निधिले वर्तमान सभापति शेरवहादुर देउवालाई यसपटक नेतृत्वमा आफुलाई सहयोग गर्न पटक पटक आग्रह गरेपनि देउवाले आफै नेतृत्व लिने बताएपछि निधि छुट्टिएर बानेश्वर बैंकेटमा सम्पर्क कार्यालय नै स्थापना गरि व्यवस्थित तरिकाले आफ्नो तयारी अघि बढाएका छन् ।

Advertisement

एक लाख बिस हजार भन्दा बढी क्रियाशिल रहेको प्रदेश २ लगाएत १२ जिल्लामा यहि कार्तिक २७ गते देखि वडा अधिवेशन शुरु हुदै छ । प्रदेश २ का आठ जिल्ला मध्य रौतहट जिल्लाको क्रियाशिल सदस्यता विवाद अझै टुङ्गिएको छैन । बाकी ७ जिल्ला सप्तरी, धनुषा, सिराह, महोत्तरी, सर्लाहि, बारा र पर्सामा अधिवेशन प्रक्रिया शुरु हुदैछ । गृह प्रदेश भएकोले सभापतिका दाबेदार निधि वडा अधिवेशन देखि नै सुक्ष्म रुपमा प्रदेश २ मा आफ्नो प्रभाव बढाउने रणनीतिमा छन् ।

नीधि संगै उहाको गृह जिल्ला धनिषामा आनन्द ढुंगाना, महेन्द्र यादव, रामसरोज यादव लगाएतका प्रभावशालि नेताहरु छन् । साथै प्रदेश २ मा रमेश रिजाल, अजय चौरसिया, चित्रलेखा यादव, दिनेश यादव, सितादेवी यादव, टिएल चौधरी जस्ता केन्द्रिय स्तरका नेताहरु भएकोले पनि निधिलाई आफ्नो एकलौटी प्रभाव बढाउन प्रदेश २ मा चुनौती थपिएको छ । केन्द्रिय नेतृत्वको चयन महाधिवेशन प्रतिनिधिले गर्ने हो । महाधिवेशनको छनौट वटा बाट चुनिएका क्षत्रिय प्रतिनिधिले गर्ने भएकोले केन्द्रिय नेतृत्व दाबी गर्ने नेताहरुले वडा अधिवेशन देखिनै ध्यान दिन थालेका हुन । पहाडी जिल्लामा कम प्रभाव भएपनि मधेश तराई क्षेत्रमा निधिको प्रभाव बढी भएको निधि निकट नेताहरु बताउछन् । अहिले निधि निकट मानिएका झापाका प्रभावशालि नेता एवं काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि निधि गुट बाटै महामन्त्रीको उमेद्वारी दिने संकेत गरिसक्नु भएको छ ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top