×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

महाधिवेशन तयारीमा दुई ठूला कम्युनिस्ट पार्टी

२२ कार्तिक २०७८

काठमाडौं: मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन्। प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२सम्म चितवनमा दसौं महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ।

वडा र पालिकास्तरका सबै कमिटीमा नयाँ नेतृत्व चयन गरिसकेको एमालेले यही कात्तिक २७ गते देशभरिबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि छनोट पनि सर्वसम्मत हुने जनाएको छ।

Advertisement
Advertisement

भरतपुरस्थित नारायणी नदी किनारको मैदानमा महाधिवेशन उद्घाटन गर्ने तयारी एमालेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटनस्थलको अवलोकन गरिसकेका छन्। उनले पार्टी सम्पर्क कार्यालय र बन्द सत्र गर्ने स्थल सौराहाको पनि निरीक्षण गरिसकेका छन्।

एमाले महाधिवेशन मूल व्यवस्थापन कमिटीका सहसंयोजक सुरेन्द्र पाण्डेका अनुसार नेतृत्व छनोट प्रक्रिया एकैदिन टुंगिनेछ। त्यसका लागि एक सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) प्रयोग गरिनेछ।एमाले केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा मतदानका लागि भोटिङ मेसिन प्रयोग गर्न अनुमति दिइसकेको छ। ‘एकैदिन मतदान र परिणाम सार्वजनिक गर्नेगरी तयारी भएको छ’,सहसंयोजक पाण्डेले भने। उनका अनुसार सबै हिसाबले महाधिवेशन तयारीमा मूल व्यवस्थापन कमिटी लागिरहेको छ।

एमाले महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन्। एमालेको संशोधित विधानअनुसार महाधिवेशनले अध्यक्ष एक, वरिष्ठसमेत पाँच उपाध्यक्ष,महासचिव एक, उपमहासचिव एक र ७ सचिव गरी १५ जना पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। तर, महाधिवेशनले पदाधिकारी संख्या बढाउन सक्ने सम्भावना रहेको नेताहरूले बताएका छन्। ‘महाधिवेशनको हलले विधान संशोधन गर्न सक्ने अवस्था छ।

नेताहरूको व्यवस्थापनका लागि पनि पदाधिकारी बढाउनुपर्ने अवस्था छ’, एमाले स्थायी कमिटीका एक सदस्यले भने।दसैंअघि सञ्चारकर्मीसँगको भेटघाटमा उपमहासचिव घनश्याम भुसालले विधान संशोधन हुने संकेत गरेका थिए।

उनले महाधिवेशनको हलबाट विधानका केही प्रावधान हेरफेर हुनसक्ने बताएका थिए। अहिले विधानअनुसार महाधिवेशनबाट केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरी २ सय १० जना निर्वाचित हुनेछन्।‘केन्द्रीय सदस्यहरूको संख्या नबढे पनि पदाधिकारीको संख्यामा हेरफेर हुनसक्छ’, स्थायी कमिटीका ती सदस्यले भने।

Advertisement

एमालेले महाधिवेशन प्रक्रियाअन्तर्गत अहिलेसम्म भएका सबै कमिटी तहमा सर्वसम्मत नेतृत्व छनोट गरेको छ। वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले कात्तिक २७ मा महाधिवेशन प्रतिनिधि पनि सकेसम्म सर्वसम्मत छान्ने तयारी गरेको छ।प्रतिनिधि सर्वसम्मत छनोट भए महाधिवेशनबाट केन्द्रीय पदाधिकारी पनि सर्वसम्मत छनोट गर्ने उसको तयारी छ। तर केन्द्रीय सदस्य सर्वसम्मत छनोट हुने अवस्था नरहेको नेताहरूले बताएका छन्।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top