प्रधानन्यायाधीशले तोके ६ इजलासमा ७ मुद्दाको पेशी

प्रधानन्यायाधीशले तोके ६ इजलासमा ७ मुद्दाको पेशी

२२ कार्तिक, काठमाडौं ।

सर्वोच्च अदालतमा आजका लागि ६ इजलासमा ७ मुद्दाको पेशी तोकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्येक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले जनाएको छ।

प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो समेत इजलास तोकेका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरुले पनि मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन्। तर, प्रधानन्यायाधीश जबरा भने राजीनामा दिने मुडमा छैनन्।

उनले आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्त भएको भन्दै कसैले राजीनामा दे भन्दैमा आफूले नदिने बताएका छन्।

जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएनले सोमबार कालोपट्टी बाँधेर विरोध जनाउने भएको छ। बारका महासचिव लीलामणि पौडेलले सोमबार बिहान साढे १० बजे कालोपट्टी बाँधेर विरोध जनाउने जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.