संसद विघटन बदर गर्ने फैसलामा सेटिङ रहेछ : ओली

संसद विघटन बदर गर्ने फैसलामा सेटिङ रहेछ : ओली

२२ कात्तिक, विराटनगर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने फैसला सेटिङमा गरेको आरोप लगाएका छन् ।

मोरङ जिल्ला कमिटीले सोमबार विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बाेल्दै उनले सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधाानिक र अलोकतान्त्रिक फैसला गरेको जिकिर गरेका हुन् ।

उनले भने, ‘यो कसरी गरिएको भन्ने उहाँहरु (न्यायाधीशहरु) अहिले भन्दै हुनुहुन्छ । सेटिङ रहेछ । कसका कल्लाई मन्त्री बनाइदिने, कसका कल्लाई राजदूत बनाइदिने, कसका कल्लाई कहाँ के दिने । यो त देखिएको कुरा नदेखिएको के के लेनदेन भयाे अझै खुल्न बाँकी होला ।’

प्रधानमन्त्री ओलीले न्यायालयले नै आफ्नो मर्यादा नराखेको बताए । उनले भने, ‘हामीले फैसला मानिदिएर मात्र हुँदैन इज्जत बढ्ने गरी फैसला गर्नुपर्छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.