२२ कात्तिक, हेटौंडा ।
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । पाण्डेले प्रदेशसभामा रहेको सभामुखसहित १०९ मतमध्ये ५९ मत प्राप्त गरेका हुन् ।
विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । १०४ जनाले सोमबार प्रदेशसभामा मतदान गरेका थिए । पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।
मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४७ मत परेको छ भने २ मत तटस्थ देखिएको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनै पनि दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मितिले एक महिनामा सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले विश्वासको मत लिएका हुन् ।