काँकडभिट्टाबाट तीन महिनामा ३४ करोड ५ लाख बढीको सुपारी आयात

२३ कात्तिक, झापा ।

Advertisement

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट तीन महिनाको अवधिमा ३४ करोड पाँच लाख ६१ हजारको सुपारी आयात भएको छ । यस अवधिमा भारतबाट २३ करोड ९२ लाखको धान र आठ करोड ११ लाख ६४ हजारको चामल आयात भएको छ ।

भन्सार कार्यालयका अनुसार १६ करोड ३७ लाख ८० हजार मूल्य बराबरको अम्रिसो निर्यात गरेको देखिएको छ । यो नाकाबाट अलैँची, लसुन, मजिठो, अर्ग्यानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निर्यात हुँदै आएको छ ।

Advertisement

यस अवधिमा कृषिजन्य वस्तुको निर्यातभन्दा आयात दुई गुणाले बढेको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको थियो ।

चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा काँकडभिट्टाबाट चार अर्ब १९ करोड ६० लाख छ हजार बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

Advertisement

सो अवधिमा नेपालबाट बङ्गलादेश, भारत लगायतका स्थानमा दुई अर्ब २४ करोड ९७ लाख पाँच हजारको सामग्री मात्र निर्यात भएको कार्यालयका प्रमुख देविन्द्र शाहुले बताए।

उहाँले नेपालमा सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) रु एक अर्ब ९२ करोड ४६ लाख ५० हजार, भटमासकै दाना (तेलका लागि) रु एक अर्ब छ करोड ४३ लाख ६४ हजारको बङ्गलादेशबाट आयात भएको बताए ।

मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । नेपालबाट भारत र बङ्गलादेश अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top