ओमानमा गैरकानुनी रुपमा कार्यरत नेपालीले जरिवाना नतिरी स्वदेश फर्कने पाउने

२३ कात्तिक ७८, मंगलबार
Share this
741shares

२३ कार्तिक, दोहा ।

Advertisement

नेपाली श्रमिकको श्रम गन्तब्य रहेको ओमानले गैरकानुनी रुपमा बसेका नेपालीहरुलाई बिना जरिवाना घर फर्किन पाउने अवसर दिएको छ ।

ओमानस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै ओमानमा विभिन्न समयदेखि भिसा नवीकरण नगरी वा बिना जानकारी आफ्नो रोजगारदाता छोडी गैरकानुनी रूपमा काम गरिरहेका नेपाली श्रमिक बिना जरिवाना स्वदेश फर्कन सक्ने जनाएको छ ।

Advertisement

दूतावासका अनुसार आफ्नो रोजगारदाता कम्पनीको सम्पर्क बाहिर रहेका तथा भिसा र राहदानीको म्याद सकिएकाहरूलाई जतिसक्दो छिटो दूतावासको सम्पर्कमा आउन भनेको छ ।

ओमानमा रहेका नेपाली श्रमिकले पनि यसको फाइदा लिन सक्नेछन् । यो अवसरको फाइदा लिएर जरिवाना नतिरेरै आफ्नै खर्चमा घर फर्किन ओमानमा अलेखबद्ध भएका नेपाली श्रमिकलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Advertisement

यसबारे थप जानकारीका लागि दूतावासले ७१५९२५०६ मा सम्पर्क गर्न आग्रह गरेको छ । ओमान सरकारले त्यहाँको श्रम मन्त्रालयको स्वीकृति लिएर ३१ डिसेम्बरसम्ममा ओमान छाड्न सक्ने अवसर दिएको छ ।

यो अवसरको सदुपयोग गर्दै अहिलेसम्म ५० जना नेपाली स्वदेश फर्किसकेका छन् । तर आपराधिक गतिविधिमा संलग्न भई रोजगारदाता कम्पनीले प्रहरीमा उजुरी गरेकाहरूको हकमा भने यो प्रक्रिया लागु नहुने दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top