राणा ‘निभ्न लागेका बत्ती’ हुन्, अब ‘वारपार’ गर्छौँ : बार अध्यक्ष श्रेष्ठ

२२ कात्तिक ७८, मंगलबार

२३ कार्तिक, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरूद्ध जारी आन्दोलनलाई नेपाल बार एशोसिएनले आज पनि निरन्तरता दिएको छ ।बिहान १० बजेपछि बार परिषरमा अधिवक्ताहरुले कालोपट्टी बाँधेर जबराको फेरि पनि राजीनामा मागेका छन् ।

मंगलबारको कार्यक्रम शुरू भएलगत्तै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई निभ्न लागेको बत्तीको संज्ञा दिँदै अब वारपारको आन्दोलन हुने चेतावनी दिए ।

न्यायालय सुधारका लागि सम्मानजनक बहिर्गमन खोजेको भन्दै जबराले पेलेरै अघि बढ्ने संकेत देखाएको समाचार बाहिरिरहेका बेला बार अध्यक्ष श्रेष्ठले भने,’उहाँ निभ्न लागेको बत्ती जस्तो मात्रै हो, उहाँ हट्न नै पर्छ’, उनले भने, ‘शान्तिपूर्णरूपमा भइरहेको हाम्रो आन्दोलनलाई अटेर गरिरहे कानून व्यवसायी मात्रै हैन सेवाग्राही, नागरिक समाज सबै आन्दोलनमा उत्रन्छन्, व्यवस्था परिवर्तनका लागि लड्दा हाम्रा साथीहरु मरेका छन्, घाइते भएका छन्, त्यो अवस्था नआओस् भनेर जबरा सचेत रहुन् । हामी यही चाहान्छौँ ।’

दोस्रो चरणको आन्दोलनलाई प्रभावकारी बनाउनेबारे यसअघि सोमबार साँझ भएको छलफलमा बारले प्रधानमन्त्री शेरबहादुर देउवासहित संसदमा रहेका राजनीतिक दलहरूलाई न्यायपालिकाको वर्तमान अवस्थाबारे ज्ञापनपत्र बुझाउँदै उपयुक्त निर्णय लिन दबाब दिने निर्णय गरेको थियो ।

दोस्रो चरणको कार्यक्रम अन्तर्गत कात्तिक २५ देखि ३० गतेसम्म उपत्यकाका अदालतहरुमा बिहान १० बजेदेखि १२ बजेसम्म बारका प्रतिनिधिलाई सुनुवाइमा सहभागी नहुन बार बैठले आह्वान गरेको छ । यस्तै ती बहसमा नै सहभागी नभएर सुनुवाइ असफल बनाउन पनि अधिवक्ताहरूलाई अपील गरिएको छ ।

यस्तै कात्तिक २८, २९ र ३० गते उपत्यका बाहिरका बार इकाईहरुले हातमा कालोपट्टी बाँधी विरोध जनाउने, न्यायालयको वर्तमान अवस्थाबारे जनस्तरमा पनि जानकारी गारउनेसहितका ११ बुँदे निर्णय गरिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top