×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जनगणनामा पुर्खाको भाषा संस्कृत लेख्न गुरुकुल शिक्षा परिषद्को आह्वान

२३ कार्तिक २०७८

२३ कात्तिक, काठमाडाैँ ।

राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा पुर्खाको भाषा संस्कृत र मातृभाषा संस्कृत लेख्न आह्वान गरेको छ ।

Advertisement
Advertisement

पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरु लेखिएको नेपाल भूमि र लेख्ने हाम्रा पुर्खा भएकाले पुर्खाको मातृ भाषा संस्कृत लेख्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो । नेपाल उत्पत्तिकालदेखि नै ऋषि महर्षिको तपोभूमि हुनुका साथै सनातन सभ्यताको सुरुआत् यसै धराधामबाट भएकाले यसको प्राचीन चिनारीमा फर्कन परिषद्को अनुरोध छ ।

पुर्खाले संसारलाई ज्ञानको चेतनासँगै संस्कृत भाषाको प्रकाशले आलोकित गराएकाले गौरव गान भाषा र धर्मबाट नै स्थापित गर्न सकिने परिषद्का अध्यक्ष स्वामी केशवानन्द गिरि र महासचिव डा श्रीराम अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुर्खाको भाषामा संस्कृत (कोड ७९) र मातृभाषामा संस्कृत (कोड ७९) लेख्नुपर्ने परिषद्को आह्वान छ । मातृभाषा संस्कृत विश्वविद्यालय, संस्कृत गुरुकुलम्, संस्कृत माध्यमिक विद्यालय, संस्कृत सङ्घसङ्गठनका संस्कृत भाषी प्राध्यापक, शिक्षक, विद्यार्थी, कर्मचारी, संस्कृत भाषी पीठाधीश, मठाधीश, धर्माचार्य, वेदवेदान्तका व्याख्याता–अध्येता, कथावाचक व्यास, पण्डित पुरोहित, ज्योतिष आदिलाई पुर्खाको भाषा र मातृ भाषा दुवैमा संस्कृत लेख्न परिषद्ले आह्वान गरेको हो ।

Advertisement

यसैगरी दोस्रो भाषामा नेपाली (कोड १), धर्ममा हिन्दु (कोड १)लेख्न परिषद्ले सुझाएको हो । संस्कृत नजान्नेले पुर्खाका भाषामा संस्कृत (कोड ७९), मातृ भाषामा नेपाली (कोड १) र दोस्रो भाषामा संस्कृत (कोड ७९) लेख्न परिषद्ले अनुरोध गरेको छ । स्थानीय सम्पर्क भाषा नेपाली स्वदेशमै उत्पन्न भएको लेख्न र धर्ममा हिन्दु (कोड १) लेख्न विज्ञप्तिमा आग्रह गरिएको छ । रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top